दादुरा रुवेलाको खोप लगाउन सुरु

चरिकोट(दीस)ःदोलखा जिल्लाका सबै स्थानीय तहहरुमा दादुरा रुवेलाको खोप लगाउन सुरु गरिएको छ । आइतवारबाट खोप अभियान विधिवत रुपमा सुरु गरिएको हो ।
खोप अभियानको एक सामारोहका विच जिल्ला समन्वय समितिका संयोजक बर्जुराम घतानीले उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिकाका उपप्रमुख, कुलबहादुर बुढाथोकी, स्वास्थ्य कार्यालय प्रमुख उत्तम खनाल गायतको उपस्थिति थियो । ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई यो खोप लगाइने बताइएको छ । खोप फागुन १७ गते सम्म जिल्लाका सबै स्थानीय तहहरुमा लगाईने छ ।

Shares

Be the first to comment on "दादुरा रुवेलाको खोप लगाउन सुरु"

Leave a comment

Your email address will not be published.


*