दश महिनामा मेलुङको खर्च करिब ५२ प्रतिशत खर्च

चरिकोट(दीस)ः चालु अर्थिक वर्षको दश महिनाको अवधिमा मेलु¬ङ गाउँपालिकाले करिब ५२ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले सो अवधिमा साधारण तथा पूँजिगत खर्च गरी कुल ५१ दशमलब ६८ प्रतिशत बजेट खर्च गरेको हो ।
मेलुङ गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कुल ३४ करोड ५२ लाख ४ हजार रुपैयाँ चालु आर्थिक वर्षमा चालु तर्फको बजेट रहेकोकोमा २१ करोड १२ लाख ७० हजार एकसय सतहत्तर रुपैयाँ दश महीनाको अवधिमा खर्च गरेको छ । यसै गरी पूँजिगत खर्च तर्फ कुल २४ करोड ६८ लाख ३६ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको दश महिनाको अवधिमा १० करोड ४० लाख ६६ हजार एकसय एकाउन्न रुपैयाँ खर्च भएको छ । प्रतिशतका हिसावले यो अवधिमा चालु तर्फ ६१ दशमलब २० प्रतिशत तथा पूँजिगत तर्फ ४२ दशमलब १६ प्रतिशत खर्च भएको मेलुङ गाउँपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "दश महिनामा मेलुङको खर्च करिब ५२ प्रतिशत खर्च"

Leave a comment

Your email address will not be published.


*