दशै मनाएर आयोजना स्थल फर्कन लागेका माथिल्लो तामाकोसी आयोजनाका ९ कर्मचारीमा कोरोना संक्रमण

चरिकोट (दीस) – दोलखामा आज माथिल्लो तामाकोसी आयोजनाका ९ जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ । दशै मनाएर आयोजना स्थलमा आउनु अघि पीसीआर टेष्ट गर्दा ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए । उनका अनुसार आयोजनाले निर्माण स्थलमा आउने कर्मचारीलाई अनिबार्य पीसीआर टेष्ट गरेको छ । हाल आयोजनाले अति जरुरी कार्यालय प्रयोजन बाहेक अन्य सम्पुणर्लाई आयोजना स्थलमा प्रवेश रोक लगाएको छ ।विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण मुलुकभर र दोलखा जिल्लामा समेत दिन प्रतिदिन बढ्दै गईरहेको भन्दै आयोजनाको निर्माण कार्यमा प्रतिकूल असर पर्न नदिन शान्ति शुरक्षा वा कुनै अति जरुरी कार्यालय प्रयोजनका लागी पुग्ने अतिथिबाहेक अन्य सवैलाई मंसीर ५ गते सम्मका लागी प्रवेश रोक लगाएको उनले बताए ।
आयोजनाको बाँध, सुरुङहरु, पेनस्टक, भुमिगत विद्युत गृह लगायत सवै संरचनाहरु तथा कार्यालय र आवास परिसरहरुमा प्रवेश गर्न, स्थलगत अवलोकन गर्न वा आवासगृहमा रहन पूणर् रुपमा रोक लगाईएको आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिए ।
स्वास्थ्य कार्यालय दोलखाका अनुसार २७ जनाको गरिएको पीसीआर टेष्ट रिपोर्टमा ९ जना पुरूष र १ महिलामा आज कोरोना पुष्टि भएको हो ।जसमा १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । दोलखा अस्पतालबाट १३ गते स्वाब संकलन गरि पीसीआर टेष्टकोे पठाईएको थियो।

Shares

Be the first to comment on "दशै मनाएर आयोजना स्थल फर्कन लागेका माथिल्लो तामाकोसी आयोजनाका ९ कर्मचारीमा कोरोना संक्रमण"

Leave a comment

Your email address will not be published.


*