दशैमा मन्त्रालयको कामकारवाही अध्ययन गर्ने मन्त्री गुरुङकाे याेजना

काठमाडाै – महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सरुवा भएका मन्त्री पार्वत गुरुङले यो वर्षको दशैमा मन्त्रालयको कामकारवाही अध्ययन गर्ने बताएका छन् ।

उनले आफ्ना ८७ वर्ष उमेरका वुवाको हातबाट टिका लगाउँदैछन् । टिकाका लागि उनका बुवा काठमाडौंमा आइसेकेका छन् ।- कोरोना संक्रमणको संकटका कारण यो वर्षको दशै सामान्य रुपमा मनाउने मन्त्री गूरुङले जानकारी दिए ।

 

उनले भने–‘नेपाल सरकारको प्रतिनिधिको हैसियतले आफ्नो विषयगत मन्त्रालयको अध्ययन गर्ने, विभिन्न विषयसँग सम्बन्धित सामग्रीहरुको अध्ययन गर्ने, दशैपछि काम अघि बढाउन अध्ययन गरेर आफूलाई तयार पार्ने, कोभिडका कारण प्रत्यक्ष भेटघाट गर्न नमिनेपनि टेलिफोन लगायतका सञ्चारमा माध्यमबाट सवैसँग भेटघाट छलफल गर्ने, सवैलाई शुभकामना आदानप्रदान गर्ने, आफ्नो जिम्मेवारीलाई पालना गर्नका लागि थप अध्ययन गर्ने योजना बनाएको छु ।’

Shares

Be the first to comment on "दशैमा मन्त्रालयको कामकारवाही अध्ययन गर्ने मन्त्री गुरुङकाे याेजना"

Leave a comment

Your email address will not be published.


*