दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे

चरिकोटः यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेकोृ, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस जानकारी दिएको छ।नेपाल पञ्चाङग निर्णायक विकास समितिले यो बर्ष त्यो समयमा टीकाको उत्तम साइत रहेको जनाएको हो ।

निर्णयक समितिले सार्वजनिक गरेको निर्णय अनुसार २०८१ सालको दशैं असोज १७ गते घटस्थापनादेखि सुरु हुनेछ, जसको साइत बिहान ९ः१६ बजे रहेको छ। असोज १८ गते झण्डा फेर्ने साइत बिहान ९ः१४ बजे, पश्चिम फर्किएर झण्डा फेर्नुपर्ने उल्लेख छ।

दशैंका अन्य महत्त्वपूर्ण तिथिहरूमा असोज २२ गते पचलीभैरव यात्रा, असोज २४ गते फूलपाती, र असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेका छन्। फूलपाती भित्र्याउने साइत बिहान ७ः११ बजे रहेको छ।

दशैंको मुख्य दिन टीका असोज २६ गते हो, जसमा देवी विसर्जनको साइत बिहान ८ः३३ बजे, र टीका लगाउने उत्तम साइत ११ः३६ बजे रहेको छ। टीका लगाउँदा पूर्व फर्किनुपर्ने समितिले जनाएको छ। दशैं कोजाग्रत पूर्णिमासँगै असोज ३० गते बुधबार सकिनेछ।

 

Shares

Be the first to comment on "दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे"

Leave a comment

Your email address will not be published.


*