दलित समुदायका बालबालिकाको लागि सर्वाेत्तम पिठो वितरण

चरिकोट, पुस १४–दोलखाको बैतेश्वर गाउँपालिकाका दलित समुदायका २ सय ८५ जना बालबालिकाको लागि सर्वोत्तम पिठो वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको पहुँच परियोजना अन्र्तगत पालिकाभित्र रहेका ६ महिनादेखि ५ वर्ष मुनिका दलित समुदायका बालबालिकाको लागि सर्वाेत्तम पिठो वितरण गरिएको हो । पुस ९, १० र १३ गते ८ वडामै पुगेर सर्वाेत्तम पिठो वितरण गरिएको हो । पौष्टिक आहाराका निम्ति एकजना बराबर ९ किलोको दरले सर्वाेत्तम पिठो वितरण गरिएको सेभ द चिल्ड्रेनको पहुँच परियोजनाका सम्पर्क व्यक्ति देवराज खत्रीले जानकारी दिए । केहि महिनापछि पिठाे प्राप्त गरेका बालबालिकाकाे ताैल र उचाइकाे अवस्थाकाे परिक्षण गरि थप पाेषणकाे कार्यक्रम सञ्चालन गरिने पनि उनले बताए ।  ४ बर्ष देखि पालिकामा सञ्चालित परियोजनाअन्तरगत वडागत बाल अक्षयकोष सन्चालन गरि कोषको ब्याजबाट विपन्न बालबालिकालाई छात्रवृत्ति वितरण, पन्जिकरणका लागि सबै वडामा इन्टरनेट, कम्प्युटर र सफ्टवेयर जडान, बालअधिकार सम्बन्धि तालिम, अपांगता भएका व्यक्तिहरुको शिविर सञ्चालन गरि परिचय- पत्र वितरणमा सहयोग लगायतका कार्यहरु गरिएकाे पहुँच परियोजनाका सम्पर्क व्यक्ति खत्रीले बताए ।

Shares

Be the first to comment on "दलित समुदायका बालबालिकाको लागि सर्वाेत्तम पिठो वितरण"

Leave a comment

Your email address will not be published.


*