थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या सात हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप  ५८६ कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिएका हुन् ।

सँगै संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ । हालसम्म एकहजार १६७ जना कोरोनाको उपचार गरेर घर फर्किएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

Shares

Be the first to comment on "थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या सात हजार नाघ्यो"

Leave a comment

Your email address will not be published.


*