थप ४२५ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या ९७४ पुग्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेकाे छ । जसमा  पुरुष ५३२४ र महिला ४३६ रहेका छन् ।

स्तै बितेको २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन्  । योसहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको छ । निको भएर घर फर्किनेमध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेको गौतमले जानकारी दिए ।

यसैगरी कोरोनाबाट गुल्मीका ३६ वर्षीय युवाको मृत्यु भएपछि मृतकको संख्या कूल १९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

Shares

Be the first to comment on "थप ४२५ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या ९७४ पुग्यो"

Leave a comment

Your email address will not be published.


*