थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्।  जसमा २०९ जना पु्रुष र ४ जना महिला रहेका छन् । हालसम्म देशभर कुल संक्रमितको संख्या ३४४८ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । योसहित कोरोना निको हुनेको संख्या ४६७ पुगेको देवकोटाले जानकारी दिए ।

Shares

Be the first to comment on "थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*