थप १०२४ जनामा कोरोना पुष्टि

चरिकोट (दीस) – नेपालमा थप १०२४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार पछिल्लो २४ घण्टामा देशभर कुल १०२४ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ३९ हजार ८८५ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार २५५ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २२०६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख २४ हजार ५३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९३.४ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १७ लाख ७८ हजार २४ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ५३६ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १४ हजार २५५ जना रहेका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७७ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "थप १०२४ जनामा कोरोना पुष्टि"

Leave a comment

Your email address will not be published.


*