त्रिभुवन मावि मेलुङ प्रविधी मैत्री बन्दै

चरिकोट (दीस)– दोलखाको मेलुङ गाउँपालिकामा रहेको त्रिभुवन मावि मेलुङ प्रविधी मैत्री भएको छ । विद्यालयमा बढ्दो प्रबिधीको प्रयोग गरी शिक्षण सिकाइ गर्नको लागि मंगलबार त्रिभुवन मावि मेलुङमा अध्यापनरत २४ जना शिक्षकहरूको लागि “एक शिक्षक एक ल्यापटप” वितरण गरिएको छ । “शिक्षक रुपान्तरण मार्फत शैक्षिक रुपान्तरण“ नारा तय गरी शिक्षकहरुले गर्नु भएको २५ बुँदे प्रतिबद्धता पूरा गर्न यस कार्यक्रमले सहयोग गर्ने विद्यालयका प्र.अ सन्तोष श्रेष्ठले बताउनु भयो । “ अबको शिक्षण सिकाइ पूर्ण रूपमा प्रविधिमैत्री र प्रभावकारी बनाउन सबै शिक्षकहरू लाग्नुहुन्छ भन्ने पूर्ण विश्वास छ ” प्र.अ श्रेष्ठले भन्नु भयो । सो विद्यालय दोलखाको सामुदायिक विद्यालयमा नमुना विद्यालयको रुपमा चिनिने गरेको छ ।

Shares

Be the first to comment on "त्रिभुवन मावि मेलुङ प्रविधी मैत्री बन्दै"

Leave a comment

Your email address will not be published.


*