त्रिभुवन माविले होस्टलमै राखेर ईच्छुक विद्यार्थीलाई पढाउने

्चरिकोट(दीस)ः मेलुङ गाउँपालिकाको त्रिभुवन माध्यमिक विद्यालयले कक्षा ६ देखि माथिका विद्यार्थीहरुलाई होस्टलमैं राखेर अध्यापन गराउने भएको छ । विद्यालयले शैक्षिक अवस्थामा सुधारका लागि ईच्छुक विद्यार्थीहरुलार्ई होस्टलमा नै राखि अद्यापन गराउने भएको हो ।
कक्षा ६ देखि माथिका ईच्छुक विद्यार्थीहरुलाई विद्यालयले हो होस्टलमैं राखेर अद्यापन गर्न लागेको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापकव सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । शैक्षिक उपलब्धी बृद्धिकालागि अभिभावक तथा विद्यालयको साझेदारीमा सो कार्यगर्न लागिएको प्रधानाध्यापक श्रेष्ठको भनाई रहेको छ । यसैगरी होस्टलमा बसी अध्यापन गर्ने विद्यार्थीलाई होस्टल शुल्कमा ५० प्रतिशत छुट दिनेगरी प्रकृया अगाडि बढाइएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजुकुशुम लामाले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "त्रिभुवन माविले होस्टलमै राखेर ईच्छुक विद्यार्थीलाई पढाउने"

Leave a comment

Your email address will not be published.


*