त्रिपुरा क्याम्पसको पुस्ताकालयको उद्धघाटन सम्पन्न

चरिकोट,दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुमा रहेको त्रिपुरा क्याम्पसको पुस्तकालय उद्घाटन गरिएको छ । मंगलबार सरस्वती पुजाको अवसर पारी बैतेश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आर्चायले पुस्तकालयको उद्घाटन गरेका हुन् । पुस्तकालय व्यवस्थापनको लागि क्याम्पसलाई चालु आर्थिक वर्ष २०७७÷०७८ मा बैतेश्वर गाउँपालिकाबाट ४ लाख अनुदान र क्याम्पस प्रशासनको आन्तरिक स्रोत बाट १ लाख गरी ५ लाख रुपैँया रकम प्राप्त भएको थियो । पुस्तकालयमा क्याम्पसलाई आवश्यक पर्ने पुस्तक खरिद गरीएको क्यापस प्रमुख रमेश क्षेत्री घिमिरेले बताए । क्याम्पसमा पुस्तकालयको व्यवस्थापन भएपछि विद्यार्थीलाई आवश्यक पर्ने पुस्तक अध्ययन गर्नका लागि सहज हुने उनले बताए । क्याम्पसमा प्रथम वर्ष देखि चौथो वर्ष सम्ममा ९० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

Shares

Be the first to comment on "त्रिपुरा क्याम्पसको पुस्ताकालयको उद्धघाटन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*