तेश्रो उत्पादन तथा सेवा विकासका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७७ भाद्र २८ । अनिल दहाल– एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले तेश्रो उत्पादन तथा सेवा विकासका लागि सदस्यहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले कोरोना भाइरस (कोभिड–१९) बाट बच्न नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड पूरा गर्दै टोलटोलमा गई यस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ  । जिरी न.पा वडा नं. ६ स्थित होटल जुरीचमा आज भएको कार्यक्रममा उक्त गाउँटोलका ३० जना महिला सदस्यहरुको उपस्थिती रहेको थियो । संस्थाको अध्यक्ष  भुमिराज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको उपाध्यक्ष  गोपाल बहादुर जिरेलले कार्यक्रमको औचित्य प्रष्ट पार्दै सहभागीहरुलाई स्वागत गर्नु भएको थियो ।

उक्त क्रममा उपाध्यक्ष जिरेलले संस्थामा आवद्ध सदस्यहरुलाई सहकारी प्रति अपनत्व ग्रहण गराउँदै सदस्य सक्रियता बढाउनुका साथै महामारीमा पनि ढुक्कले आफ्नो पेशा व्यवसाय कसरी संचालन गर्न सकिन्छ भन्ने कुरामा सदस्यहरुको आत्मबल बढाउनका लागि कार्यक्रमहरु संचालन गरेको प्रष्ट पार्नु भएको थियो । अन्तरक्रियात्मक रुपमा संचालन भएको कार्यक्रममा सहभागी सदस्यहरुबाट प्राप्त जिज्ञासा तथा सुझावहरुको संस्थाको प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले जवाफ दिनुको साथै संस्थाको भावी कार्यदिशाको बारेमा सदस्यहरुलाई जानकारी दिनु भएको थियो । सभाध्यक्षको तर्फबाट संस्थाको अध्यक्ष  भुमिराज खड्काले एकीकृत फ्रेण्डसिपले सदस्यहरुको हितलाई जहिले पनि शिरमा राखेर काम गरेको र जहिले पनि सदस्यको सम्वृद्धिका लागि चिन्तित रहेको कुरा उल्लेख गर्नु हुँदै विगतमा ११ वटा सहकारी संस्थाहरु एकीकरणबाट अहिलेको सफलता प्राप्त भएको उल्लेख गर्दै पुनः थप एकीकरणका लागि संस्था लागि परेको जानकारी दिनु भयो । कार्यक्रममा जिरीश्वरी महिला साकोसको अध्यक्ष कान्छिमाया तामाङ (जिरेल) ले सम्बोधन गर्नु भएको थियो । सम्बोधनका क्रममा अध्यक्ष तामाङले अब सहकारीहरु एकीकरण गरेर अगाडी बढ्नुको विकल्प नभएको प्रष्ट पार्नु भएको थियो । कार्यक्रमको संचालन संस्थाको व्यवस्थापक रामबहादुर खत्रीले गर्नु भएको थियो ।

Shares

Be the first to comment on "तेश्रो उत्पादन तथा सेवा विकासका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*