तुल्सिलाल स्मृति च्याम्पियनसिप बुद्धिचाल प्रतियोगितामा चेस होम दोलखा फाइनलमा पुग्यो

काठमाडौ – ललितपुरस्थित तुल्सिलाल स्मृती प्रतिष्ठानमा जारी छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगितामा दोलखा चेस होम नेपाल फाइनलमा पुगेको छ । पहिलो खेलमा दोलखाले मकवानपुर जिल्ला बुद्धिचाल सङ्घलाई पराजित गर्दैै दोलखा फाइनलमा पुगेको हो । दोलखाले मकवानपुरमाथि २–५ र १–५ को जित निकाल्न सफल भएको चेस होम दोलखाका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनु भयो । दोस्रो खेलमा भक्तपुर जिल्ला बुद्धिचाल सङ्घले र कोशी प्रदेश बुद्धिचाल सङ्घलाई पराजित गर्दै फाइनलमा दोलखासँग खेल्ने भएको छ । सेमिफाइनलअन्तर्गत क्लासिकल चरण बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा गएको थियो । जसमा भक्तपुर जित हासिल गर्न सफल भयो । जित निकाल्ने क्रममा भक्तपुरले कोशी प्रदेशलाई ट्राइबेकरको चार वटै खेलमा पराजित गरेको थियो । नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना यो प्रतियोगिता भएको हो । १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगितामा विजेता टिमले दुई लाख, उपविजेताले एक लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमले ४० हजार रुपियाँ पुरस्कार पाउने आयोजकले बताएको छ ।

Shares

Be the first to comment on "तुल्सिलाल स्मृति च्याम्पियनसिप बुद्धिचाल प्रतियोगितामा चेस होम दोलखा फाइनलमा पुग्यो"

Leave a comment

Your email address will not be published.


*