तीन सय दिन भित्र नै त्रिवि क्रिकेट रंगशाला बन्छ ः मन्त्री चौधरी

चरिकोट (दीस) ः संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदान तीन सय दिनभित्रै निर्माण सम्पन्न हुने बताउनु भएको छ । मंगलबार नेपाल विद्यार्थी संघ दोलखाले आयोजना गरेको माध्यामिक स्तरीय “स्व. भीमबहादुर तामाङ स्मृति नेविसंघ कप फुटबल प्रतियोगिता २०८१” को उद्घाटन गर्न दोलखा सदरमुकाम चरिकोट आइपुग्नु भएका मन्त्रीले सो धारणा व्यक्त गर्नु भएको हो । सरकारले डिपीआर अनुसार रंगशाला निर्माण गर्न तीन चरणमा ठेकेदारले काम गर्ने गरी काम गरिरहेको उहाँले बताउनु भयो । वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय र नेपाली खेल क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयले यो रगंशाला निर्माण गर्न प्राथमिकताका साथ काम अगाडि बढाइरहेको उहाँले बताउनु भयो । कीर्तिपुर खेलमैदान तीन सय दिनभित्र दर्शक बस्नका लागि प्यारापिट, रात्रिकालीन खेलको लागि फ्लडलाइटसहित सुविधा सम्पन्न संरचना बनाउने निर्णय केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेकाले सो निर्णय कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको उहाँले बताउनु भयो । खेलकुद मन्त्रालयलाई सरकारले न्यून बजेट विनियोजन गर्दा खेल क्षेत्रमा सोचे अनुसार काम गर्न नसकेको उहाँको भनाई रहेको छ । मन्त्री चौधरीले पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्द्धनलाई सरकारको तर्फबाट कर छुट गरेर ६५ लाख नगद रुपैँया सरकारले प्रदान गर्न लागेको बताउनु भयो । गोवर्द्धनबाट यूवा पुस्ताले प्रेरणा लिदै खेल क्षेत्रमा लगाब दिने हो भने आर्थिक रुपमा सबल हुन सक्ने उदाहरण देखाएको गोवर्द्धनले अहिले पाएको पुरस्कारबाट पनि देखिएको उहाँको भनाई रहेको छ । नेपाल प्रेस यूनियन दोलखाले चरिकोटमा गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदै मन्त्री चौधरीले संसदका दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारमा संविधान संशोधनको बिषयमा छलफल भईरहेको भए पनि यसको औपचारिक प्रक्रिया भने अघि बढ्न नसकेको बताउनु भयो । मन्त्री चौधरीले संविधान संशोधनको विषयमा समानुपातिक, समावेशी जस्ता मुद्धामा कुनैपनि सम्झौता नगरिने धारणा व्यक्त गर्नु भयो । अरु विषयमा संविधान समयको माग अनुसार संशोधन हुने उहाँको भनाई रहेको छ । यो सरकार अहिलेको आवश्यकता बनेकोले तत्कालै सरकार परिवर्तन नहुने उहाँको भनाई रहेको छ ।

स्व. भीमबहादुर तामाङ स्मृति नेविसंघ कप फुटबल प्रतियोगिता २०८१” सुरु

चरिकोटमा ंमगलबार नेपाल विद्यार्थी संघ दोलखाले आयोजना गरेको माध्यमिक स्तरीय “स्व. भीमबहादुर तामाङ स्मृति नेविसंघ कप फुटबल प्रतियोगिता २०८१” को सुरु भएको छ । नेविसंघ दोलखाका अध्यक्ष सौगात थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रम संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेसँगैँ सुरु भएको हो । यस प्रतियोगिता दोलखाका १८ वटा माध्यमिक विद्यालयका खेलाडीहरू बीच प्रतिस्पर्धा हुने नेविसंघ दोलखाका अध्यक्ष सौगात थापाले जानकारी दिनु भयो । उहाँका अनुसार यो प्रतियोगिता भदौ ३१ गते समापन हुने छ ।

 

 

 

Shares

Be the first to comment on "तीन सय दिन भित्र नै त्रिवि क्रिकेट रंगशाला बन्छ ः मन्त्री चौधरी"

Leave a comment

Your email address will not be published.


*