तीन महिनाको अवधिमा करिब बाह्रसयले लिए राहदानी

चरिकोट(दीस) ः जिल्ला प्रशासन कार्यालय दोलखाबाट तीन महिनाको अवधिमा करिब बाह्र सय जनाले विदेश यात्राका लागि राहदानी लिएको पाइएको छ । चालु आर्थिक वर्षको पुष महिना देखि फागनु मसान्त सम्मको अवधिमा उक्त संख्यामा दोलखाका स्थानीयहरुले राहदानी लिएको पाइएको हो ।
चालु आर्थिक वर्षको पुष महिना देखि फागुन मसान्त सम्मको अवधिमा कुल एघार सय बहत्तर जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । उक्त अबधिमा छ सय अठ्तिस पुरुष तथा पाँचसय चौतिस महिलाले राहदानी लिएका कार्यालयको भनाई रहेको छ ।
सोही अवधिमा सातसय पैतालिस पुरुष तथा सातसय एक्काईस गरी कुल चौधसय छैसट्ठी जनाले नगरिकताको प्रमाण पत्र लिएको जिल्ला प्रशासन कार्यालय दोलखाको तथ्यांक छ । यही अवधिमा नागरिकता त्याग गर्न दुई जनाले निवेदन दिएका छन् । उनीहरुको निवेदन निर्णय प्रकृयामा रहेको कार्यालयले बताएको छ । जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र राहदानी लिनेमा अन्य जिल्लाहरुको तथ्यांक राहदानी लिने पाइएता पनि दोलखामा भने नागरिकता लिनेकै संँख्या बढी रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकले देखाएको छ । तर द्रुत राहदानी जिल्ला प्रशासनबाट वितरण नहुने भएकोले नगारिकता बनाउने र राहदानी बनाउनेको संख्या करिब उस्तै हुनसक्ने जिल्ला प्रशासन कार्यालय दोलखाका कर्मचारीहरुको अनुमान छ ।
विभिन्न देशमा अध्ययन गर्न तथा बैदेशिक रोजगारीमा जान, विदेशमा रहेका आफन्तहरु भेट्न जानका लागि दोलखाका स्थानीयहरुले राहदानी बनाउने गरेका छन् । देशमा रोजगारीको अवसर नभएका कारण बैदेशिक रोजगारमा जानकालागि आफुहरु पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालयमा आएको कार्यालयमा भेटिएका एक युवाले बताउनु भयो ।

Shares

Be the first to comment on "तीन महिनाको अवधिमा करिब बाह्रसयले लिए राहदानी"

Leave a comment

Your email address will not be published.


*