तीन दशक अघि हराएका दुई भैरव मास्क नेपाल फिर्ता

बाबुराम शर्मा
चरिकोटः भीमेश्वर नगरपािलका वडा नम्बर दुई मा रहेको ऐतिहासिक सहर दोलखाबाट तीन दशकअघि हराएका ( प्रधान परिवार हाँथ्यो ) दुई भैरव मास्क नेपाल फिर्ता ल्याइएको छ । ती भैरव मास्क ४ डिसेम्बर २०२३ मा नेपाल फिर्ता ल्याइएको हो ।
भैरव मास्क गत २०५० साल फागुन २२ गते र २०५१ साल फागुन २४ गते हराएका थिए । ती भैरव मास्क हराएको ३० बर्ष पछि अर्थात् ४ डिसेम्बर २०२३ मा नेपाल ल्याइएको कालिञ्चोक युवा क्लब दोलखाका अध्यक्ष अनीलचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार हराएका मास्कहरु विभिन्न ठाउँ हुँदै अमेरिकाको रुविन र डल्लास म्युजियममा पुगेका मास्कहरु नेपाल फिर्ता ल्याइएको हो । लस्ट आर्ट अफ नेपालले आफूसँग रहेका मास्कका फोटोको आधारमा यी मास्क पत्ता लगाएको श्रेष्ठको भनाई छ । पत्ता लागेपछि गत २०७९ भदौ महिनाबाट मास्क फिर्ता ल्याउन प्रधान खलकका पुजारी यज्ञकुमार प्रधान र आफू प्रमाण जुटाउन लागिपरेपछि फिर्ता ल्याउन सम्भव भएको उहाँको भनाई छ । २०७९ सालको भदौ महिनामा नेपाल हेरिटेज रिकभरी क्याम्पेनका सचिव सञ्जय अधिकारी मार्फत पुरा तत्व विभाग र अमेरीकी निकायसँग निरन्तर छलफल तथा पहल गरिएको थियो । प्रक्रिया मार्फत पुरातत्व आइपुगेका ती मास्क सम्बन्धित प्रधान परिवारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको लालीगुराँस युवा क्लब दोलखाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । चोरी गर्नेले दुई भैरवका टाउका मात्र काटेर लगेका थिए । भैरवको घाँटी भने मन्दिरमा त्यसै छाडिएको थियो। दुई मास्कमध्ये एउटाको घाँटीमा त्यसको निर्माण मिति उल्लेख छ । अभिलेख अनुसार यसको स्थापना १५५० सालमा गरिएको थियो । यसलाई भगवान घरमा भने १६८९ सालमा स्थापना गरिएको थियो। दुवै भैरवको डिजाइन एकै किसिमको भएकाले एकै समयमा निर्माण भएको हुनसक्ने अनुमान गरिएको छ । आकार भने एउटा ठूलो र अर्को अलि सानो रहेको छ ।

Shares

Be the first to comment on "तीन दशक अघि हराएका दुई भैरव मास्क नेपाल फिर्ता"

Leave a comment

Your email address will not be published.


*