तिहारमा चम्किएको चरिकोट

SAMSUNG CSC

इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक १७
हिन्दु धर्मावलम्बीहरुको दशैँपछिको दोस्रो महान चाड तिहार सुरु भएको छ । तिहार सुरु भएसँगै दोलखाका विभिन्न स्थानका मुख्य व्यापारिक केन्द्रहरुमा आवतजावत गर्ने मानिसहरुको भीड बढ्नुका साथै यातायातका साधनको चाप छ । भाँडाकुँडा, साजसज्जा, खाद्यान्न पसल, इलोक्ट्रोनिक पसलमा आवश्यक सरसामन किन्न उपभोक्ताहरुको भीड लाग्दा व्यापारीव्यवासी मख्ख छन् । उनीहरुलाई तिहारको बेला बिक्री गर्न भ्याईनभ्याई छ ।
जिल्लाको चरिकोट, सिंगटी, जिरी, मैनापोखरी, भैँसे, मागादेउराली लगायतका मुख्य व्यापारिक केन्द्रमा चहलपहल तथा व्यापार बढेको व्यापारीव्यवसायीहरुले बताएका छन् ।
तिहारमा झिलीमिली बत्ती, दियोपाला, विभिन्न फूलबाट उनिएका माला तथा फूल, रङ्गीविरङ्गी रंग, विभिन्न परिकारसहितको भाइमसला, फलफूल तथा मिठाईको विषेश महत्व हुन्छ । सोही कारण पनि यस्ता सामाग्री बिक्रीखरीद गर्ने मानिसले बजारमा चहलपहल तथा रौनकता बढाएको हो । सदरमुकाम चरिकोट स्थित बीच बजार, सातदोबाटो, कृषिबजार, सडक विभाग अघाडी रहेको सडकपेटीमा कपडादेखि फूलमाला, रङदेखि भाईमसाला बिक्रीको लागि सजाएर राखिएको छ ।

अघिपछि सटर भाडामा लिएर व्यापार गर्ने कोही पसलेहरु तिहारको मौकामा व्यापार चम्काउने चाहाना पूरा गर्न फुटपाथमा आएका छन् । अघिपछि व्यापार नगर्नेहरु भने तिहारको छेको पारेर दुईचार पैसा आम्दानी हुने आशमा सडकपेटीमा विभिन्न सामान व्यापारको लागि बसेका छन् । तिहारमा टिका तथा रंगेली बनाउन रङको आवश्यकता पर्दछ । यस्तो आवश्यता परिपूर्ति गर्नको लागि सडकपेटीमा रङ बिक्रि गर्न सजाएर राखिएको छ । अन्य सामग्री बिक्री गर्ने यहीँका स्थानीय व्यापारी हुन्, तर रङ व्यापार गर्नेहरु भने प्रायः तराईका जिल्लादेखि आएका व्यापारी रहेका छन् । उनीहरुमध्ये छोराछोरी र साथीहरुसहित समुह बनाएर आएका छन् । उनीहरुको चाहना तिहारको लागि रङ उपलब्ध गराउनु र केही पैसा कमाउनु हो । सर्लाहीका जगन्नाथ शाह रङ बेच्नकै लागि चरिकोटमा आउनुभएको छ । त्यसैगरी सर्लाहीकै आदित्य दास पनि १० गतेदेखि नै चरिकोटमा रङ बिक्री गरिरहनुभएको छ । आफैले उत्पादन गर्नुभएको रङ बेचेर आजसम्म करिब दुई हजार रुपैयाँ कमाई सक्नुभएको छ । उहाँले १० हजार रुपैयाँ कमाएर जाने आशा गर्नुभएको छ । उहाँले भन्नुभयो “दुई हजार जति कमाइ भईसकेको छ । अझै १० हजार जति कमाउने आशा राखेको छु । तर सोचे जस्तो बिक्री भएको छैन ।”

धार्मिक तथा सांस्कृतिक महत्वको तिहारमा आवश्यक सामान बेचेर अर्थापार्जन गर्नेहरुले तिहारलाई उल्लासमय र रमाइलो बनाउन सहयोग गरेका छन् ।धार्मिक तथा सांस्कृतिक महत्वको तिहारमा आवश्यक सामान बेचेर अर्थापार्जन गर्नेहरुले तिहारलाई उल्लासमय र रमाइलो बनाउन सहयोग गरेका छन् । कोरोनाले थलिएका नागरिकलाई यो बर्ष आर्थिक अभाव कमजोर हुने सर्वसाधरणको तिहार ऋण बोकाउने चाड बनेको छ । कोरोना भाइरसको कारण गत वर्षको तिहारले त्यति रमाइलो दिन सकेन । दुखपछि सुख आउँछ भने झैँ यो वर्ष कोरोना महामारी पोहोरको तुलनामा निकै कम भएको छ । त्यसैले पनि यो वर्षको तिहार विषेश हुने देखिएको स्थानीयले बताएका छन् ।

 

Shares

Be the first to comment on "तिहारमा चम्किएको चरिकोट"

Leave a comment

Your email address will not be published.


*