तिम्रा रंगिन चस्माको दोषले कहिले सम्म हेप्ने ?

डा. रिना लामिछाने

डा. रिना लामिछाने
दिनभरी रातभरी तिम्रो सुस्वस्थ्यको लागि
घरपरिवार नभनी, भोक निन्द्रा त्यागी, त्यागी
तिम्रो अड्केको सासलाइ फुकाउन खोज्दै गर्दा
डटेकैछो हामी तिम्रोलागी मन भित्रको डाक्टर नै मर्दा ।

छैन मनोबल तिम्रा ती तुच्छ बोली सङ डट्ने
आफ्नै सुरक्षाको लागि कहिले सम्म लड्ने, कहिलेसम्म लड्ने ?
हत्याराको छाप लगाइ तिमिले गाली गरिरहँदा
तिम्रा रंगिन चस्माको दोषले कहिले सम्म हेप्ने, कहिलेसम्म हेप्ने ?

तिम्रो पिटाइले भुकम्पको कम्पन झै कापेका यी मेरा हात
काप्दाकाप्दै त्रासलाइ अङ्गालो हालेर निदाएका रात
मेरो लगन र इमानलाइ पटक पटक घाँटी निचोरिदियौ
सेतो कोट्लाइ हिलो छ्याप्यौ, फोहोरी देखाइदियौ
सेतो कोट्लाइ हिलो छ्याप्यौ, फोहोरी देखाइदियौ ।

डाक्टर माथिको हिंसा आखिर कहिले सम्म ?
तिम्रो गालीको माला लगाएर जाच्ने कहिले सम्म ?
तिमिलाई हौसला दिने बोली नफुर्दै बिलाएका छन
कसरी निको बनाउ तिमिलाइ?जब बिरामी छ डाक्टरको आफ्नै मन,
बिरामी छ डाक्टरको आफ्नै मन ।
तिम्रा रंगिन चस्माको दोषले कहिले सम्म हेप्ने ?
कहिले सम्म हेप्ने ?

Shares

Be the first to comment on "तिम्रा रंगिन चस्माको दोषले कहिले सम्म हेप्ने ?"

Leave a comment

Your email address will not be published.


*