तिखातलबाट अभिभावकविहिन तथा दृष्टिविहिन १ बालकको उद्दार

अपाङ्ग सेवा संघ ललितपुरमा बालअधिकारकर्मी राजन बस्नेत र उद्दार गरिएकाे बालक

दीक्षण समाचार
चरिकोट, चैत्र १३
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित तिखातलका अभिभावकविहिन तथा दृष्टिविहिन  एक जना बालकको उद्धार गरिएको छ । बालअधिकारकर्मी राजन बस्नेतको सक्रियतामा दृष्टिविहिन तथा अभिभावकविहिन ५ वर्षिय कौशल सार्कीलाई उद्दार गरिएको हो । ति बालकलाइ बुधबार उद्दार गरी राष्ट्रिय बाल अधिकार परिषद् मार्फत् अपाङ्ग सेवा संघ ललितपुरको जिम्मा लगाइएको छ । उनको पालनपोषण, हेरविचार र पढ्ने व्यवस्था संघले नै गर्ने बालअधिकारकर्मी बस्नेतले बताए । कौशलका बुबा सन्त बहादुर सार्कीले करिब ३ वर्षअघि आत्महत्या गरेको र आमा सोविता सार्की पनि अन्यत्र दोस्रो विवाह गरी गएकोले कौशल सोही स्थानका रविन्द्र श्रेष्ठको सहारामा रहेका थिए । बालअधिकारकर्मी बस्नेत जिल्लालाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउने अभियान र बालमैत्री दोलखा अभियानमा सक्रिय छन् । साथै बाल विवाह मुक्त जिल्ला बनाउन जनचेतनामूलक क्रियाकलाप र कार्यक्रमहरुको आयोजना गरि सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वयकारी भूमिका समेत निर्वाह गरिरहेका छ्न ।

Shares

Be the first to comment on "तिखातलबाट अभिभावकविहिन तथा दृष्टिविहिन १ बालकको उद्दार"

Leave a comment

Your email address will not be published.


*