ताल बनाउने मेयर सहित ६ जना विरुद्व अख्तियारद्वारा मुद्वा दायर

चरिकोट (दीस) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको वाग्मती नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई भ्रष्टचार मुद्धा दायर गरेको छ । सोमबार आयोगद्वारा जारी प्रेस विज्ञप्ती अनुसार नगरप्रमुख भरतकुमार थापा, नगर उपप्रमुख लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल , तत्कालिन योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल,बागमती नगरपालिकाका तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल,जिल्ला समन्वय समिति, सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी गरी ६ जनाविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । नगरपालिकाको वडा नंम्बर ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको आयोगले ठहर गरेको छ । आपसी मिलेमतोमा संघीय सरकार अन्तर्गतको सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा सागरनाथ वन विकास परियोजना र संघीय सरकारको स्वीकृत विना अनाधिकृत रुपमा माछा पोखरी निर्माणको लागि भनी ढुङ्गा गिट्टी बालुवा (वन पैदावार) उत्खनन् गर्नको लागि प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत भएको भन्ने गलत लिखत तयार गरी सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको आयोगद्वारा विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आयोगले ५ जना आरोपीविरुद्ध समान रु ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ बराबरको बिगो दाबी गर्दै मुद्वा दायर गरेको छ। जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवानाको मात्रै माग दाबी गरेको छ ।
वाग्मती माछा पोखरी निर्माण गर्दा उत्खनन भएको ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ बिक्रीमा अनियमितता गरेको अख्तियारीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। आयोगले आरोपीहरुविरुद्ध बिगोअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Shares

Be the first to comment on "ताल बनाउने मेयर सहित ६ जना विरुद्व अख्तियारद्वारा मुद्वा दायर"

Leave a comment

Your email address will not be published.


*