तालिम सम्पन्न

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर ६ मा सजावटका सामान बनाउने तालिम सम्पन्न भएको छ । १० दिने तालिम बुधवार सम्पन्न भएको हो ।
उद्योग तथा वाणिज्य कार्यालय दोलखाको आयोजना तथा जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि को सहजीकरणमा तालिम सम्पन्न भएको हो । तालिम फागुन १५ गतेबाट सुरु भएको र बुधबार सम्पन्न भएको चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । तालिममा मकैको खोस्टाबाट विभिन्न सजावटका सामग्री बनाउन सिकाइएको थियो । मकैको खोष्टाबाट फूल, फूलका गुच्छा, चकटी, टोकरी, साचो झुण्डाउने (किरिङ) र चप्पल लगायतका सामान निर्माण गर्न प्रशिक्षार्थीहरुलाई सिकाइएको सहकारीको भनाई रहेको छ ।
तालिम समापन समारोह भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यता तथा जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष नवराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*