तालिमसगैँ चौँरी पालनको लागि सामग्री प्रदान

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २९
दोलखाको विगु गाउँपालिकाका वडा नं. ५ स्थित साङ्बामा शनिबार १ दिने चौँरी पालन सम्बन्धि तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा भएको उक्त तालिममा चौँरी पालनमा आबद्ध कृषक र चौँरी पालनमा रुची भएका कृषक गरी ५३ जना कृषकहरुको सहभागिता रहेको थियो । तालिममा गाउँपालिकाका पशु सेवा प्राविधिक शेर बहादुर थामी, राजु थामी लगायतले चौँरी पालनमा उपयुक्त हावापानी, आहारापानी, खर्क व्यवस्थापन, चौँरीबाट उत्पादित उपजको अवस्था लगायतका विषयमा प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रमले चौँरी पालनको निम्ति आवश्यक ज्ञान तथा सीपको कृषकहरुलाई जानकारी भएको छ । अब उक्त जानकारी र सीपलाई व्यवहारमा लागू गरी व्यवसायिक चौँरी पालनमा बृद्धि हुने विश्वास लिइएको छ । साथै चौँरी पालनको लागि उपयुक्त सामग्री पनि पालिकाले अनुदानमा वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । ५५ मिटर लम्बाईको पाइप र त्रिपाल किसानहरुले प्राप्त गरेका छन् । जसले गर्दा चौँरी पालनप्रति किसानको आशा जागेको छ ।

Shares

Be the first to comment on "तालिमसगैँ चौँरी पालनको लागि सामग्री प्रदान"

Leave a comment

Your email address will not be published.


*