तामाकोसी–बाह्रविसे प्रशारण लाइन २ वर्षपछि ठेक्का तोडियो

दीक्षण समाचार
चरिकोट, १५ पुस
काम सुरु नगर्दै नेपाल विद्युत प्राधिकरणले तामाकोसी–बाह्रविसे ४ सय केभी प्रसारण लाइनको ठेक्का तोडिएको छ । ठेक्का लिएको २ वर्ष वितिसक्दा समेत ठेकेदारले कामप्रति कुनै चासो नदेखाएपछि प्राधिकरणले ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गरेको छ ।
तामाकोसी नदी र आसपासको विद्युत काठमाडौंसम्म पु¥याउन तामकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्र्तगत २ प्याकेजका काम अघि बढाएको थियो । आयोजनाको पहिलो खण्डको तामाकोसी (रामेछापको फुँलासी हुँदै सिन्धुपाल्चोकको बाह्रविसे) सम्मको ठेक्का चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रममा पाएका थिए ।
तामाकोसी–काठमाडौ प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्डको ठेक्का केही दिन अघि तोडेर नयाँ प्रक्रिया सुरु गरेका आयोजना प्रमुख नवराज ओझाले जानकारी दिए । “ठेकेदारले ठेक्का पाएदेखि कुनै पनि कामप्रति चासो राखेन” उनले भने “समय वित्न लाग्यो, तर काममा नआउने भएपछि ठेक्का तोडेर नयाँ टेण्डर आव्हान गरेका छौं ।” नयाँ टेण्डर गत शुक्रबार भएको छ ।
ठेक्का तोडिएपछि प्राधिकरणले ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको छ । ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बैक जमानत पनि जफत गरिएको आयोजना प्रमुख ओझाले जानकारी दिए ।
२ वर्षमा ८ प्रतिशत प्रगति, ठाउँ नै पहिचान भएन
प्राधिकरणले कम्पनीसँग ११ असोज ०७३ मा ३२ महिनामा काम पूरा गर्ने गरी १२ जेठ ०७६ ठेक्का सम्झौता ग¥यो । तर २६ महिना वितिसक्दासम्म ८ प्रतिशतभन्दा बढी प्रगति हुन सकेन । आयोजना प्रमुख ओझाले यो अवधीमा टावर कुन ठाउँमा राख्ने भन्ने समेत यकिन हुन नसकेको उनले बताए । सो प्रसारण लाइनको अधिकाँश टावर दोलखाको मेलुङ गाउँपालिका र शैलुङ गाउँपालिकामा पर्छ ।
आयोजनाको १ करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र ६१ करोड ६७ लाख ३६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । काम गर्न पटक–पटक दिइएको निर्देशन अटेर गरेकाले रणनीतिक महत्वको प्रसारण लाइन निर्माण अलपत्र पर्न नदिन ठेक्का तोडिएको आयोजना प्रमुख ओझाले जानकारी दिए । आयोजना समयमा नबन्दा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको वर्षात्को विद्युत खेर जाने उनले बताए ।
कम्पनीले सम्झौतामा समय तालिकासहित उल्लेख भएका टावरको डिजाइन, ड्रोइङ, जग हाल्ने तथा जडान गर्ने, कन्टक्टर, इन्सुलेटर जस्ता उपकरणको उत्पादन, आपूर्ति तथा जडान गर्ने लगायतका काम गरेको थिएन ।
नयाँ ठेक्का आगामी मे भित्र ठेक्का सम्झौता गर्ने र सम्झौता भएको ८ सय २० दिनभित्रमा निर्माण सक्ने लक्ष्यका साथ काम अगाडि बढाइएको बताए । आयोजना नेपाल सरकार र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माण गर्न लागिएको हो ।
कम्पनीले सिन्धुपाल्चोको बाह्रबिसेमा २२०।१३२ केभी सबस्टेसन बनाउने ठेक्का पाएको छ । सबस्टेसनको काम पनि सन्तोषजनक नभएको आयोजनाले जनाएको छ । ताकेता गर्दा समेत सम्झौताको तालिका अनुसार अहिलेसम्म मुख्य काम नै नगरेको आयोजना प्रमुख ओझाले बताए ।
प्राधिकरण र कम्पनीबीच सबस्टसन निर्माणका लागि २५ डिसेम्बर २०१७ मा ८७ लाख ९३ हजार डलर र ३१ करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २४ फेब्रअरी २०२०मा सक्ने गरी ठेक्का सम्झौता भएको हो ।
रामेछापको फुसालस्मा न्यू खिम्ती सव स्टेशन भने माथिल्लो तामाकोसी जलविद्युत आयोजना आफैंले निर्माण गरिरहेको छ । फुलासीबाट बाह्रबिसेसम्मको ४०० केभी डबल सर्किट प्रसारण लाइनको लम्बाई ४४ किलोमिटर छ । बाह्रबिसे–काठमाडौं खण्डको ठेक्का भने लार्सन एण्ड टर्वो (एलएण्टी)ले पाएको छ ।

Shares

Be the first to comment on "तामाकोसी–बाह्रविसे प्रशारण लाइन २ वर्षपछि ठेक्का तोडियो"

Leave a comment

Your email address will not be published.


*