तामाकोसी पुल निर्माणमा ढिलाई

चरिकोटः भीमेश्वर नगरपालिका वडा नम्बर ५ तथा वैतेश्वर गाउँपालिका वडा नम्बर ६ को सिमानामा रहेको तामाकोशीको नदीको पक्की पुल निर्माणमा ढिलाइ भएको छ । पुल निर्माण ठेकेदार कम्पनीको निर्माण ढिलाईका कारण बन्न नसकेको बताइएको छ । पुल निर्माणको काम २०७३ साल भदौ ७ गते निर्माणको सम्झौता भएता पनि ६ महिना ठेकेदारले नापनक्सा गर्दा नैं वितेको थियो । दुई वर्षमा सम्पन्न हुनुपर्ने पुलको हालसम्म जग मात्र तयार भएको छ । जगमाथि राख्ने सुपर फिचर तयार भएको छ । तामाकोशीमा निर्माण हुने पुलको लम्बाइ करिब ७० मिटर रहेको छ । आठ करोड ४५ लाख १० हजार रुपियाँमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

Shares

Be the first to comment on "तामाकोसी पुल निर्माणमा ढिलाई"

Leave a comment

Your email address will not be published.


*