तामाकोसी पाँचौको लगानी जुट्यो

काठमाडौं । दोलखामा निर्माण हुने जलविद्युत आयोजना तामाकोसी पाँचौं जलविद्युत आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय समझदारी (एमओयु) भएको छ । ९९.८ मेगावाटको क्षमताको रहेको छ जलविद्युत आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय समझदारी (एमओयु) मा ऊर्जा मन्त्री पम्फा भुसालको उपस्थितीमा आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आयोजनाको अनुमानित लागत करिब १६ अर्ब १९ करोड रुपैयाँ रहेको छ । आयोजनामा सञ्चय कोषले ७० प्रतिशत करिब ११ अर्ब ३३ करोड) रुपैयाँ ऋण लगानी गर्ने छ । आयोजनाको बाँकी रकम सर्बसाधारणलाईसमेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी) बाट जुटाइने भएको छ । तामाकोसी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना हो ।
आयोजना निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी आयोजना क्यास्केड आयोजना भएकोले आयोजनाले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन । ती संरचना बनाउनु पर्ने लागत नहुने हुँदा आयोजनालाई आकर्षक मानिएको छ । माथिल्लो तामाकोसीको विद्युतगृहबाट निस्किने पानी आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ ।आयोजना अन्तर्गत ८ किलोमिटर लामो मुख्य सुरुङ, विद्युतगृह र करिब २ किलोमिटर २२० केभी प्रसारण लाइन लगायतका मुख्य संरचना निर्माण हुनेछन् । आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडी बढाइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधान र कोषका प्रशासक तुलसी प्रसाद गौतमले एमओयूमा हस्ताक्षर गरेका हुन् । ४ सय ५६ मेगावाटको निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको समेत परामर्शदाता हो । डेढ वर्षमा पूरा गर्ने गरी एक वर्ष अघि महिना अघि ल्याह्मेर र विद्युत् प्राधिकरणबीच सम्झौता भएको थियो ।
। तामाकोसी पाँचौं माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यासकेट आयोजना हो । प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनअनुसार माथिल्लो तामाकोसीको टेलरेसबाट निस्केको पानीलाई पुनः गरी ८ दशमलब २ किलोमिटर सुरुङबाट लादुकको सूरीटारमा भूमिगत विद्युत् गृह बनाएर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको ग्रस हेड ६० मिटर छ । बाटोको पहुँच, कम वातावरणीय प्रभाव, हेडवक्स निर्माण गर्न नपर्ने कारणले पनि आयोजना आकर्षक रहेको छ । आयोजनाबाट उत्पादित विद्युत् माथिल्लो तामाकोसीले निर्माण गर्ने गोँगर–खिम्तीको २२० केभी डबल सर्किट प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको छ ।

Shares

Be the first to comment on "तामाकोसी पाँचौको लगानी जुट्यो"

Leave a comment

Your email address will not be published.


*