तामाकोसी जलविद्युतद्धारा कोलकतामा रोकिएको सामान ल्याउन पहल गर्दै

चरिकोट (दीस) –निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युतको उपकरण भारतको कोलकातामा रोकिएपछि आयोजनाले ल्याउन पहल थालेको छ । आयोजनाले कोलकाताबाट सामान ल्याउन प्राविधिक टोली पठाउने भएको छ । कोरोना भाइरस महामारीले गर्दा उपकरण ल्याउन ढिलाइ भएपछि आयोजना आफैंले प्राविधिक पठाएर कोलकातामा अलपत्र परेका सामान ल्याउन पहल थालेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवत्ता गणेश न्यौपानेले बताए । अक्टुबरभित्र सबै सामान आयात गरेर डिसेम्बरसम्म जडानको काम सकी परीक्षण विद्युत उत्पादन थाल्ने योजना रहेको उनले बताए । उपकरण आएपछि जडान गर्न बढीमा २ महिना लाग्ने प्रवत्ता न्यौपानेले जानकारी दिए । अक्टुबरसम्म पनि उपकरण आपूर्ति नभएपछि विद्युत् उत्पादन मिति केही पछि सर्ने संभावनना रहेको उनले सुनाए । भारतको टेक्सम्याको लिमिटेडले उत्पादन गरेको हाइड्रोमेकानिकल उपकरणहरु एक्सपान्सन ज्वाइन्ट, डिसम्यान्टेवल वक्स र अपर साफ्टको अपर वेन्ट आउन बाँकी रहेको उनले सुनाए ।
आयोजनाको काम सुचारु रहेको बताउँदै उनले टेक्सम्याकोले बनाएका यी उपकरण आयात गर्न नस्क्दा उत्पादन मिति पछि सरेको छ । आयोजनाको गोंगरदेखि न्युखिम्तीसम्म २२० केभी प्रसारणलाइन तथा सवस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । सवस्टेसनको सिभिल निर्माणको काम अन्तिम चरणमा पुगेको प्रवत्ता न्यौपानेले जानकारी दिए ।

यस्तै सिंगटीमा पहिरोले एउटा टावरमा क्षति पुग्ने अवस्था आएपछि सोको संरचना परिवर्तन गर्नुपर्ने देखिएको उनको भनाइ छ । कोरोनााका कारण विदेशी प्राविधिक पनि आउन पाएका छैनन् । यता आयोजनाले आगामी असारदेखि ऋणको किस्ता तिर्न गर्ने लक्ष्य लिएको छ ।
ढिलोमा आउँदो चैतसम्म आयोजनाबाट बिजुली उत्पादन भई २०७८ को असारदेखि नियमित रूपमा किस्ता तिर्ने गरी कर्जाको पुनर्तालिकीकरण भएको छ । ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषले किस्ताको समय ४८ बाट बढाएर ६० किस्ता अर्थात ५ वर्ष पुर्याएको छ । आयोजनाको प्रवद्र्धक अपर तामाकोसीले सञ्चालनमा आएको पहिलो वर्षमा नेपाल विद्युत प्राधिकरणलाई बिजुली बिक्री गरी ९ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ ।
आयोजनाको काम लगभग सकिएको छ । आयोजनाको लागत बढेर ५१ अर्ब रुपैयाँ पुगेको छ । निर्माण अवधिको ब्याजसमेत गरी आयोजनाको कुल लागत ७५ अर्ब रुपैयाँसम्म पुग्ने अनुमान कोषको छ । कोरोना भाइरस महामारीले आयोजनाको काम प्रभावित भएको छ । असारसम्म तामाकोसीको पहिलो युनिट सञ्चालन गर्ने तयारी भएकोमा कोरोना महामारीले अवरुद्ध हुन पुगेको छ ।राष्ट्रिय गौरवको तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाबाट थप १७ करोड ५० लाख युनिट बिजुली उत्पादन गर्न अपर तामाकोसीले रोलवालिङ डाइभर्सनको काम अघि पनि बढाएको छ ।

Shares

Be the first to comment on "तामाकोसी जलविद्युतद्धारा कोलकतामा रोकिएको सामान ल्याउन पहल गर्दै"

Leave a comment

Your email address will not be published.


*