तामाकोसी गाउँपालिका पहलमा जफे स्वास्थ्य चौकीमा पनि प्रयोगशाला

ध्रुव आचार्य
जफे, १५ पुस
स्वास्थ्य चौकीमा पनि प्रयोगशाला स्थापना भएको छ । प्रयोगशाला सामानयतयाः अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र राख्ने भए तापनि तामाकोसी गाउँपालिकाको जफे स्वास्थ्य चौकीमा भने आइतबारबाट सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेलले आइतबार दिउँसो एक कार्यक्रम गरी प्रयोगशाला उद्घाटन गरे । उनले गाउँपालिका भित्रका नागरिकलाई स्थानीयस्तरबाटै स्वास्थ्य सेवा पु¥याउन स्वास्थ्य चौकीमै प्रयोगशाला राखिएको दाबी गरे । उनले स्वास्थ्य चौकीमा यस्तो सेवा जिल्लामै पहिलो भएको दाबी गरे ।
प्रयोगशालामा रक्त समूह, गर्भवती, सुगर, एचआइभी, टाइफाइड, सेरोलोजी, हेमोग्लोविन लगायतका रगत, दिसा र पिसावका परीक्षण हुने तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले जानकारी दिए । अशक्त र गर्भवतीका लागि परीक्षण रगत प्रत्येक स्वास्थ्य चौकीमार्फत जम्मा गरी प्रयोगशालामा ल्याउने उनले जानकारी दिए ।
इडिटिए नामक उपकरण राखेर मार्फत रगत ल्याउन प्रयोग हुने छ । यसमा राख्दा २४ घण्टाभित्र जम्मा गरेर ल्याउन सकिने उनले जानकारी दिए । प्रयोगशाला निकट भविष्यमा गाउँपालिका भित्रको सबै स्वास्थ्य चौकीमा विस्तार गरिने गाउँपालिका अध्यक्ष पोखरेलले जानकारी दिए । निकट भविष्यमै स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा सुचारु गर्ने समेत उनले जानकारी दिए ।
औषधीको अभाव हुन्न
तामाकोसी गाउँपालिका भित्रको कुनै पनि स्वास्थ्य चौकीमा कुनै पनि औषधी अभाव नगराउन गाउँपालिका अध्यक्ष पोखरेलले बताए । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा औषधी अभाव कहिलै नहुने प्रतिबद्धता गरे ।
औषधीका लागि गाउँपालिकाले बजेटकै कुनै अभाव हुन नदिने र चाहिए जति बजेट खर्च गर्न सकिने गरी व्यवस्था गरेको समेत जानकारी दिए । जफे स्वास्थ्य चौकीका अध्यक्ष समेत रहेका वडा नं. ३ का वडा अध्यक्ष रामप्रसाद काफ्लेले उपचारका लागि स्वास्थ्य चौकी आउनु भन्दा पनि घर र वरपर सरसफाइका लागि ध्यान दिन आग्रह गरे ।

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिका पहलमा जफे स्वास्थ्य चौकीमा पनि प्रयोगशाला"

Leave a comment

Your email address will not be published.


*