तामाकोसी गाउँपालिकाले वृद्धवृद्धाका लागि ‘मिलन घर’ निर्माण सुरु

जफे–दोलखाको तामाकोसी गाउँपालिकाले वृद्धवृद्धाका लागि ‘मिलन घर’ निर्माण सुरु गरेको छ । गाउँपालिकाले यस्तो “मिलन घर” पालिकाको वडा नम्बर ४ मालुमा निर्माण थालेको हो ।
गाउँपालिकाको मालुको डाँडागाउँमा बनिरहेको मिलनघरको निर्माण जारी रहेको छ । तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले मालुडाँडामा बनिरहेको घर तीन महिना भित्र पुरा हुने बताए ।
गाउँपालिका निर्माणधिन रहेको ‘गाउँघरमा दिनभरी घर बस्नुपर्दा वृद्धवृद्धालाई दिक्क लाग्न सक्ने र त्यस्तो जीवनयापन गुजार्नु पर्दा बुढेसकालमा डिप्रेसनमा जाने गरेका थुप्रै उदाहरण छन’ पोखरेलले भने– ‘वृद्धवृद्धालाई पनि बुढेसकालमा एक्लोपना महशुस हुन दिनुहुन्न भनेर गाउँपालिकाले मिलन केन्द्र बनाएको गाउँपालिकाका प्रमुख पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार हाल निर्माण भईरहेको ५ कोेठे घर भित्र सुविधा सम्पन्न कोठाहरु, भजनकीर्तन गर्ने हल, टेलिभिजन कोठा, चिया, नास्ता र तातोपानी पकाउने भान्सा कोठा, र स्वास्थ्यकर्मी सहित सहयोगी बस्ने कार्यालय कोठा रहनेछ। बाहिर विभिन्न रुखविरुवा सहित फराकिलो फुलबारी बनाइनेछ। मिलन घर भित्र बृद्धबृद्धाका लागी सजिलो खालका योगा र व्यायाम गर्ने व्यवस्था मिलाउने योजना रहेको छ ।

गाउँपालिकाका अनुसार घरमा खाना खाएर लौरो टेक्दै त्यस्ता बृद्धबृद्धा आफ्नो घर नजिकको मिलन केन्द्रमा पुग्ने र दिनभरी भजनकीर्तन गर्ने, टेलिभिजन हेर्ने, धार्मिक पुस्तकहरु पढ्ने, फुलबारी वा बाहिर चउरमा बसेर आपसमा गफिने साथै समय बिताउने गर्नेछन्। दिनभरी मिलन घरमा बसेर बेलुका परिवार सँग बिताउन वृद्धवृद्धा पुनः आफ्नै घर फर्किनेछन्। ‘उहाँहरुको नियमित स्वास्थ्य जाँचका लागि मिलन केन्द्र भित्रै एक जना स्वास्थ्यकर्मी र चिया नास्ता खुवाउनका निम्ति एक जना सहयोगी व्यवस्था गर्नेछौं’ पोखरेलले जानकारी दिए ।

तामाकोसी गाउँपालिकामा हरेक वडामा फरक फरक योजना सञ्चालन गर्ने योजना अन्र्तगत मिलन केन्द्र निर्माण गरिएको हो । तामाकोसी गाउँपालिकालाई अरुभन्दा फरक बनाउनका लागि हरेक वडामा फरक फरक नमूना योजना कार्यान्वयनमा गत बर्ष बजेट ल्याएको हो ।
गाउँपालिका वडा नं. १ भीरकोटमा बाल उद्यान, वडा नं. ३ मा बन भोज सञ्चालन गर्ने ठाउँ निर्माण, वडा नं. ४ मा वृद्धवृद्धाहरुका लागि भेला हुने मन्थन गर्ने स्थल तयार गर्ने योजना अघि सारेको थियो । त्यसैगरी वडा नं. ५ सहरेमा मिनि खेल स्टेडियम निर्माण, वडा नं. ६ च्यामामा भ्यूटावर निर्माण, गढी संरक्षण र वहुमूल्य प्रजातिका कृषि वन नर्सरी र वडा नं. ७ हावामा गुम्बा निर्माण गरिने बजेट विनियोजा गरिएको थियो ।

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकाले वृद्धवृद्धाका लागि ‘मिलन घर’ निर्माण सुरु"

Leave a comment

Your email address will not be published.


*