तामाकोसी गाउँपालिकाले अभिभावक विहीन बालवालिकालाई भत्ता दिने

चरिकोट(दीस) ः दोलखाको तामाकोशी गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । आमा बुबाको अभाव महसुस नगरुन् र उनीहरुको पढाइमा कुनै किसिमको समस्या नहोस् भन्ने उद्धेश्यका साथ अभिभावकविहीन बालबालिकालाई पालिकाले भत्ता उपलब्ध गराउन लागेको हो ।
बागमती प्रदेश, समाजिक विकास मन्त्रालयको आव २०७९÷०८० को बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत अभिभावकविहीन बालबालिकाकालाई मासिक २ हजारका दरले भत्ता वितरण गरिने पालिकाले जनाएको छ । पालिका अध्यक्ष प्रोणप्रताप केसीले आमाबुबा नभएपनि साथमा सरकार रहेको प्रत्याभूति दिलाउन अभिभावकविहीन १८ वर्ष मुनिका बालबालिकालाई भत्ता वितरण गराउन लागिएको बताउनु भयो ।
आमा बाबु दुबै मृत्यु भएको वा दुबै बेपत्ता भएको, १८ वर्ष पूरा नगरेको, ५ वर्ष उमेर पूरा गरेका बालबालिकाको हकमा विद्यालयमा भर्ना भई नियमित विद्यालय जाने गरेको, कुनै गैरकानुनी वा आपराधिक कार्यमा संलग्न नभएका बालबालिकाले भत्ता प्राप्त गर्ने छन् । भत्ता प्राप्त गर्न बालबालिका वा उनिहरुको संरक्षक, पालनपोषण गर्ने व्यक्तिले सम्बन्धित वडा कार्यालयमा आवेदन दिन पालिका अध्यक्ष केसीले अनुरोध गर्नुभयो ।

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकाले अभिभावक विहीन बालवालिकालाई भत्ता दिने"

Leave a comment

Your email address will not be published.


*