तामाकोसी गाउँपालिकालाई २० लाखको स्वास्थ्य सामाग्री तथा खाद्यान्न हस्तान्तरण

चरिकोट(दीस) –सामुदायिक विकास मञ्च नेपाल दोलखाले दोलखाको तामाकोसी गाउँपालिकालाई २० लाख बराबरको स्वास्थ्य सामाग्री तथा  खाद्यान्नका हस्तान्तरण गरेको छ । क्रिश्चियन एड सँगको साझेदारीमा एकीकृत वास, जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण –Intregated WASH, CCA & DRR_ परियोजना अन्र्तगत सो पालिकामा “कोरोना भाइरस महामारी” बाट जोगिनका उक्त सामाग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामाग्री तथा जोखिममा परेका सीमान्तकृत समुदायलाई राहत कार्यक्रम अन्तर्गत सो सामाग्री हस्तान्तरण गरिएको मन्चका कार्यकारी निर्देशक प्रेम अधिकारीले जानकारी दिए ।

मञ्चले हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्री पालिकाले सवै वडामा बितरण गरेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत बिज्ञान कोइरालाले जानकारी दिए । मन्चले हस्तान्तरण गरेको खाद्यान्न बितरण गर्न बाँकी रहेको छ । . डकलाउनका कारण अप्ठ्यारोमा परेका पालिका भित्रका नागरिकको  वडाले तथ्याङक संङकलन गरेपछि  खाद्यान्न वितरण गरिने उनले बताए । मञ्चले स्वास्थ्य समाग्री हस्तान्तरण गरेसँगै पालिकामा स्वास्थ्य उपचार गर्न सजिलो भएको कोइरालाले बताए । वडा अध्यक्ष मार्फत पालिकाले बिपन्न पहिचान गरिराखेको र त्यसको तथ्याङक आएपछि सबै वडामा खाद्यान्न बितरण पनि उनले बताए ।
पालिकाबाट तथ्याङक प्राप्त भएपछि खाद्यान्न संयुक्त रुपमा हस्तान्तरण गरिने मन्चका निर्देशक अधिकारीले बताए ।

तामाकोसी गाउँपालिकामा हस्तान्तरण गरिएको सामाग्री देहाय अनुसार रहेको छ ।

 

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकालाई २० लाखको स्वास्थ्य सामाग्री तथा खाद्यान्न हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*