तामाकोसी गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु

हावा –दोलखाको तामाकोसी गाउँपालिकामा आजबाट विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु भएको छ । सो गाउँपालिकाको वडा नं ७ मा रहेको हावा खेल मैदानमा शुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे उद्धघाटन गरेका थिए । कार्यक्रममा वोल्दै प्रमुख पाण्डेले अहिले स्थानीय तहमा भईराखेका विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले दोलखाको खेल विकासमा सहयोग पुग्ने बताए । उनले खेलले मानिसको स्फुर्ति बिकास गर्न सजिलो हुने बताए ।
त्यसैगरी गाउँपालिकाका प्रमुख ईस्वरचन्द्र पोखरेलले यस्ता प्रतियोगिता गाउँपालिकाले बर्षेनी गर्ने बताए । खेलकुदको विकासको लागि गाउँपालिकाले सवै वडाका खेल मैदानको निर्माणको थालनी गरेको पनि जानकारी दिए । सवै वडामा खेल मैदान निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको प्रमुख पोखरेलको भनाई रहेकोछ ।
गाउँपालिका उपप्रमुख उर्मिला खडकाले खेलकुदको विकासको लागि गाउँपालिकाले बजेट छुट्याएको जनाकारी दिइन । खेलाडीलाई अनुशासित भएर खेल्न अनुरोध गरिन ।
जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष हिरा थोकर विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सकिए पछि जिल्ला स्तरीय प्रतियोगिता गरिने बताए । अहिले दोलखाका ७ वटा स्थानीयले यो प्रतियोगिता गरेको उनले बताए ।

आज बाट शुरु भएको प्रतियोगिता ३ सम्म चल्ने छ । प्रतियोगितामा भलिबल, हाइजम्प, लङ्ग जम्प, सटपुट तथा १०० मिटर, २००मिटर, ४०० मिटर र ८०० मिटर दौड लगायतका खेलहरू हुने आयोजकले बताएको छ । प्रतियोगितामा गाउँपालिकाका ९ वटा विद्यालयको सहभागिता रहेको छ ।

 

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु"

Leave a comment

Your email address will not be published.


*