तामाकोसी गाउँपालिकामा बन्यो नमुना झोलुङ्गे पुल

चरिकोट (दीस) दोलखाको तामाकोसी गाउँपालिकामा नमुना झोलुङ्गे निर्माण भएको छ । पालिकाको वडा नम्बर २ मा रहेको माहदेब खोलामा निर्माण भएको भोटेखोरिया पुलको पालिकाका प्रमुख ईस्वर चन्द्र पोखरेलले मंगलबार उद्धघाटन गरेका छन् । पुल उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख पोखरेलले १३ वटा पुल निर्माण गर्ने चरणमा रहेको र त्यसलाई निरन्तरता दिने बताए । कोरोनाको कारण पुल बन्दैन भन्ने डर थियो तर त्यसको बावजुत पनि पुल निर्माण गर्न सकेको प्रमुख पोखरेलले जानकारी दिए । पालिकाले बिकासलाई तिब्रता दिएको उनको भनाई रहेको छ । कालीदह भिरकोट –गैरीमुदी छँउडे सडक प्रदेश सरकारको बहुबर्षिय टेन्डर लगाएर निर्माण गरिने पनि पोखरेलले जानकारी दिए । कार्यक्रममा बोल्दै नेकपाका जिल्ला कमिटी सदस्य केशब चौलागाईले तामाकोसी गाउँपालिकामा नमुना योग्य बिकास भएको बताए । देश बिकासको लागि तामाकोसी गाउँपालिका रोल मोडल भएको उनको भनाई रहेको छ । सो वडाका अध्यक्ष हर्कमान योन्जनले आफुले सधै जनताको सेवामा हरपल काम गर्दै आएको बताए । वडामा पहिरोले समस्या पारेको उहाँले बताउनु भयो । वर्षामा ठाडो खोलाले हैरान पारेको योन्जनले बताउनुभयो । २४ लाखका निर्माण सम्पन्न भएको पुलको १सय ५० घरधुरीले प्रयोग गर्ने जनाइएको छ । पुल निर्माणमा प्राबिधीक सहयोग दिगो बिकास लागि नागरिक मंन्च सिभकले गरेको पुल निर्माणका संयोजक बिपेन्द्र खतिवडाले जानकारी दिए ।

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकामा बन्यो नमुना झोलुङ्गे पुल"

Leave a comment

Your email address will not be published.


*