तामाकोसी गाउँपालिकामा प्राङ्गगारिक खेती प्रर्वधन कार्यक्रम सञ्चालन हुने

दीक्षण समाचार /चरिकोट–तामाकोशी गाउँपालिकाले प्राङ्गगारिक खेती प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाको कृषि विकास शाखा अन्तर्गत ५०% लागत साझेदारीमा “प्राङ्गगारिक खेती प्रवद्र्धन“ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । पाँच रोपनी खुल्ला जमिनमा प्राङ्गारिक खेती सञ्चालन गर्नका लागि “प्राङ्गारिक कृषि प्रवर्धन मिशन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५“ को आधारमा तामाकोशी गाउँपालिकाले तयार पारेको प्रविधिक ईष्टिमेट बमोजिम कार्यक्रम हुने जनाइएको छ । गाउँपालिकाका कृषि अधिकृत विदुरप्रसाद तिमल्सेनाका अनुसार रासायनिक मलको प्रयोग गरी खेती भईरहेकोले सो मलको प्रयोग न्यूनीकरणको अभियान स्वरुप प्राङ्गगारिक खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यो कार्यक्रममा सहभागी हुनेले पाँच रोपनी क्षेत्रफलमा प्राङ्गारिक मलको प्रयोग गरी अन्नबाली उत्पादन गर्नुपर्ने हुन्छ । दुई वटा वस्तु भएका किसानलाई कार्यक्रममा छनौट गरिन्छ । त्यसपछि गोठ सुधार गरी बस्तुको पिसाब तथा मल संकलन गरी व्यवस्थित तवरबाट खेती गर्नुपर्ने कृषि अधिकृत तिमल्सेनाले बताउनुभयो । कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि फर्महरुले आवश्यक कागजात सहित माघ ३ गते सम्म कृषि विकास शाखामा आवेदन दर्ता गर्नुपर्ने पालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकामा प्राङ्गगारिक खेती प्रर्वधन कार्यक्रम सञ्चालन हुने"

Leave a comment

Your email address will not be published.


*