तामाकोसी कोरिडोरको सडकको सर्भे रोकियो, वडा कार्यालयमा तालाबन्दी

चरिकोट –तामाकोसी कोरिडोरको सडकको सर्भे स्थानीयसँग छलफल नगरी सर्भे सुरु गरेको भन्दै दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ का स्थानीयले विहिबार सर्भे सामाग्री नियन्त्रणमा लिई वडा कार्यालयमा तालाबन्दी गरेका छन । केही हप्ता अघिबाट सुरु भएको सर्भेको काम समेत आन्दोलनका कारण रोकिएको छ ।
हाल सुरु गरिएको सर्भेको साटो संन्चालनमा रहेको नाम्दु –क्षेत्रपा सडकलाई नै करिडोरको रुपमा विकास गर्न उनीहरुले माग गरेका छन ।
पुरानो सडकलाई बेवास्ता गर्दै नयाँ सडक निर्माणले झन समस्या ल्याउने भएकोले आन्दोलन गर्नुपरेको स्थानीय सन्तोष जिरेलले बताए । ‘स्थानीयसँग छलफल नै नगरी सडक निर्माणको सर्भे गरेकोमा विरोध गरेका हौ’, जिरेलले भने । सर्भेको सामान समेत जफत गरेर वडाध्यक्षको रोवर वडा कार्यालयमा बन्द गरी वडा कार्यलय वन्द गरिदिएको उनले बताए ।
वडा अध्यक्षले एकलौटी तरिकाले स्थानीयसँग छलफल नै नगरी कोरिडोरको सर्भे गर्न लागेको स्थानीयको आरोप छ । तालाबन्दिपछि वडा कार्यालयबाट दैनिक हुने सेवा प्रवाह अवरुद्ध भएको स्थानीयले जानकारी दिए । वडा अध्यक्ष रमेश अधिकारीले सो सडक आफ्नो कार्यक्षेत्र नभएको सवैसँग छलफल गरेर सर्भे अगााडी बढाइने बताए । नाम्दू क्षेत्रपा सडक र हाल निर्माण गर्न लागिएको करिडोर फरक भएकोले स्थानीयसँग छलफल गरेर काम अगाडी बढाइने उनले बताए । तालाबन्दीले वडाबाट दिने सेवा नरोकिएको अधिकारीको दावी छ ।

Shares

Be the first to comment on "तामाकोसी कोरिडोरको सडकको सर्भे रोकियो, वडा कार्यालयमा तालाबन्दी"

Leave a comment

Your email address will not be published.


*