तामाकोसीमा पौडी खेल्न क्रममा बैतेश्वरका एक युवा बेपत्ता

चरिकोट (दीस) –दोलखाको तामाकोसीमा पौडी खेल्न गएका एक युवा आज बेपत्ता भएका छन् । बैतेश्वर गाउँपालिका वडा नम्बर ७ का श्याम खडका पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन । उनीसँगै केही साथी गोपी खोला क्रसर छेउमा पौडी खेल्न गएका थिए । ३ पटक तामाकोसीमा ओरदोहोर गरेका खडका ४ पटक ओहोदोर गर्ने क्रममा तामाकोसीले बगाएर बेपत्ता भएको एक स्थानीयले बताए । बेपत्ता खडकाको खोजी कार्य भइराखेको स्थानीयले बताएका छन् ।

Shares

Be the first to comment on "तामाकोसीमा पौडी खेल्न क्रममा बैतेश्वरका एक युवा बेपत्ता"

Leave a comment

Your email address will not be published.


*