तामाकोसीका शेयरधनीले शेयर अभौतिकीकरण नगरे हकप्रद शेयरमा आवेदन दिन नपाईने

चरिकोट(दीस) ः माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको कागजी शेयर अभौतिकीकरण नगर्नेले हकप्रद शेयर नपाउने भएका छन् । अझै दुई लाख भन्दा बढी संख्यामा रहेका शेयर धनीहरुले शेयर अभौतिकीकरण नगरेमा कम्पनीले निकट भविष्यमा खोल्न लागेको हकप्रद शेयर भर्न नपाउने भएका हुन् ।
शेयर अभौतिकीकरण नगरेका शेयर धनीहरुले हकप्रद शेयरमा आवेदन गर्न नपाउने भएकोले सेयर धनीलाई सेयर अभौतिक गर्न वेबसाइट मार्फत् पनि व्यवस्था गरिएको सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बताउनु भयो । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर कम्पनीको प्रबन्धपत्रमै स्थानीयलाई १० प्रतिशत सेयर दिने उल्लेख गरिएको थियो । शेयर परेरहाल सम्म पनि शेयर भरेको स्लिप वा कागजी शेयर प्रमाण पत्र लिएर बसेकाहरुलाई शेयर अभौतिकिकरण गर्न अपर तामाकोसी हाइड्रोपावर कम्पनी तथा सनराइज क्यापिटलले आग्रह गर्दै आएको छ ।
२ लाख ७० हजार सेयरधनीमध्ये अझै करिब दुई लाख सेयरधनीको सेयर अभौतिकिकरण हुन सकेको छैन । अहिले सेयर अभौतिक गर्न स्थानीयहरुलाई समस्या भएको छ । स्थानीय मात्र होइन आठ वर्षअघि सेयर भरेर प्रमाणपत्र बोकेका सञ्चयकर्ताको समेत सेयर अभौतिकिकरण हुन सकेको छैन । शेयर अभौतिकिकरण गर्न भन्दै डिम्याट खाता खोल्न क्यापिटलका टोली गाउँ गाउँमा पुगे । दोलखा महोत्सवको आठ दिनदेखि क्यापिटल र ब्रोकर कम्पनीहरुले डिम्याट खाता खोल्न स्टल नै राखे, अपर तामाकोसीकै व्यवस्थापनमा एक महिनाअघि मुख्य कार्यालय गोंगरमा शिविर नै भया तर पनि शेयर अभौतिकिकरणमा खासै प्रगति हुन सकेको छैन । ४५६ मेगावाट क्षमताको माथिल्लोत तामाकोसी जलविद्युत आयोजनाको शेयर अभौतिकिकरण गर्न सरल प्रकृया नअपनाउने हो भने सर्वसाधारण हकप्रद शेयरबाट बञ्चित हुने भएकोले शेयर अभौतिकिकरणलाई उच्च प्राथमिकता दिनु पर्ने स्थानीय दोलखालीहरुको माग रहेको छ ।

Shares

Be the first to comment on "तामाकोसीका शेयरधनीले शेयर अभौतिकीकरण नगरे हकप्रद शेयरमा आवेदन दिन नपाईने"

Leave a comment

Your email address will not be published.


*