पहिराे हटाएपछि सामान्य अवस्थामा तामाकाेशी

दीक्षण समाचार
चरिकोट, असार ६
जिल्ला प्रशासन कार्यालय दोलखाले नेपाल तर्फ बग्ने तामाकाेशी नदीको प्रवाह सामान्य भएको जानकारी गराएको छ । नेपाल चीन सीमा क्षेत्रमा रहेको तिंग्री कोन्तिको रोङ्सि शहर र सोको आसपासमा भएको वर्षाले नेपालतिर बग्ने नदीमा पहिराेका कारण पोखरी बनेको थियो । चिनियाँ टोलीको निरन्तर प्रयासले पहिरो हटाई नदीलाई सामान्य अवस्थामै ल्याउन सफल भएको जनाएको हो । चिनियाँ सुरक्षा अधिकारीबाट यस्तो जानकारी आएको जिल्ला प्रशासन कार्यालय दोलखाले उद्धृत गरेको छ । साथै उक्त जलाशयबाट पानी पुर्ण निकास सामान्य तरिकाले भएकोले नदीको प्रवाह नियमित भएको छ । जसका कारण तामाकोशी नदी खतरा मुक्त भएको प्रशासनले जनाएको छ ।

Shares

Be the first to comment on "पहिराे हटाएपछि सामान्य अवस्थामा तामाकाेशी"

Leave a comment

Your email address will not be published.


*