तामाकोशी नदीमा फेला परेको शवको पहिचान

दीक्षण समाचार
चरिकोट, जेठ १९
तामाकाशी गाउँपालिका वडा नं. ५ किर्नेटार स्थित तामाकोशी नदी किनारमा फेला परेको शवको पहिचान भएको छ । बुधबार साँझ नदी किनारमा फेला परेको शव सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ७ का ५४ वर्षीय ओमकुमार मोक्तानको रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले पुष्टि गरेको हो । मोक्तान तामाकोशी नदीमा मृत अवस्थामा फेला परेपछि प्रहरी टोलीले चरिकोट स्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा ल्याई पहिचानको लागि राखेको थियो । बिहीबार मृतकका आफन्तले शवको पहिचान गरेको प्रहरी प्रवक्ता शुसिल केसीले बताउनुभयो । मोक्तान १३ गतेदेखि नै बेपत्ता हुनुहुन्थ्यो । उहाँलाई खोजी गरिरहेका आफन्तले अहिले मृत्त शरीरमात्र फेला पारेका हुन् । मृत्तकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ।

Shares

Be the first to comment on "तामाकोशी नदीमा फेला परेको शवको पहिचान"

Leave a comment

Your email address will not be published.


*