तामाकोशी नदीमा खोज तथा उद्धार अभ्यास

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ ३०
दोलखा स्थित तामाकोशी नदीमा आइतबार खोज तथा उद्धार अभ्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मी, रेडक्रस र भीमेश्वर नगरपालिकाको आपतकालिन कार्य सञ्चालन केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
विपद् व्यवस्थापन पूर्व तयारी अन्तर्गत विपद प्रतिकार्यका लागि बाढी पहिरोबाट प्रभावितको खोजउद्धारको लागि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । मनसुनजन्य विपदका घटनाको जोखिम बढेको अवस्थामा नदीमा गरिएको खोजउद्धार अभ्यास महत्वपूर्ण रहेको छ । बाढी, पहिरो जस्ता विपद घटना भई खोँचमा परेका, नदीमा डुबेका, बगेका व्यक्तिहरुको खोजउद्धारका लागि अभ्यास कार्यले उद्धारकर्तालाई सीप अभिवृद्धि भएको आयोजकले जनाएको छ । कार्यक्रममा डोरीको सहायताले विपद घाइतेको उद्धार गर्ने, उद्धारको डुँगा पल्टिएर सामान्य अवस्था फर्काउने, उद्धारपछि गर्नुपर्ने कार्य लगायतको अभ्यास गरिएको तारादल गण गणपति अनिल केसीले बताउनुभयो । मनसुनजन्य विपदको सम्भावित घटनालाई मध्यनजगर गरी गरिएको यस्ता अभ्यासले विपदबाट क्षति न्यूनीकरणमा टेवा पुग्ने उहाँले सुनाउनुभयो ।

तस्बिरः हिल स्टेशन दाेलखा

Shares

Be the first to comment on "तामाकोशी नदीमा खोज तथा उद्धार अभ्यास"

Leave a comment

Your email address will not be published.


*