तामाकोशी गाउँपालिकामा दीर्घ रोगको निःशुल्क औषधी

चरिकोट (दीस) –दोलखाको तामाकोशी गाउँपालिकाले लक डाउनको बेला दीर्घरोगीको औषधी ३ दिन भित्र उपलव्ध गराउने भएको छ । नियमितरुपमा औषधी सेवन गर्ने विरामीलाई पालिकाले औषधी दिने यस अघि निर्णय गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रणबारे पालिका स्तरीय समन्वय समितिको नियमित बैठक बैठकले पालिका भित्र रहेका लामो समय देखि नियमित औषधि सेवन गरिरहेका विरामीहरुको औषधि निशुल्क उपलव्ध गराउने निर्णय गरेको छ । पालिका भित्रको स्वास्थ्य चौकिमा प्राप्त नहुने औषधि सकिएमा लक्डाउन सकिएको १ हप्ता पछि सम्मलाई पुग्ने गरि गाउँपालिकाले निःशुल्क घरघरमा उपलब्ध गराउँने निर्णय गरेको हो । स्वास्थ्य चौकि मार्फत डाक्टरले औषधी खान गरिएको सिफरिस सहित कागज सहित समयमै गाउँपालिकामा सम्पर्क गर्नुहुन गाउँपालिकाले सम्पुर्ण विरामिलाई अनुरोध गरेको गाउँपालिका प्रमुख ईस्वरचन्द्र पोखरेलले बताए ।

Shares

Be the first to comment on "तामाकोशी गाउँपालिकामा दीर्घ रोगको निःशुल्क औषधी"

Leave a comment

Your email address will not be published.


*