तामाकोशी गाउँपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक

ईश्वर बिश्वकर्मा
चरिकोट, असार ११
दोलखाको तामाकोशी गाउँपालिकाले सुशासन, विकास र समृद्धि हासिल गर्ने आकांक्षासहित नयाँ आर्थिक वर्षको लागि नीति, कार्यक्रमसँगै बजेट सार्वजनिक गरेको छ । शुक्रबार पालिका उपाध्यक्ष श्रृजना सुवेदीले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि दाेस्राे गाउँसभाको पहिलाे अधिवेशन समक्ष नीति, कार्यक्रमसँगै ६५ करोड ५ लाख ६४ हजारको अनुमानित बजेट पेश गर्नुभएको हो । नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेशबाट प्राप्त हुने अनुदान र आन्तरिक स्रोतलाई समावेश गरी बजेट सार्वजनिक गरिएको उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रले बजेटमा विषेश प्राथमिकता पाउँदा पूर्वाधार तर्फ सबैभन्दा बढी ११ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । पशु विकासका लागि एक करोड ५२ लाख २० हजार, कृषि तर्फ ८७ लाख १५ हजार बजेट छुट्याइएको पालिका उपाध्यक्ष खड्काले बताउनुभयो । तीन करोड ६५ हजार शिक्षा क्षेत्रको विकासमा र दुई करोड १७ लाख ३३ हजार स्वास्थ्य क्षेत्रको विकास र प्रगतिमा खर्च गर्न बजेट विनियोजन गरिएको छ । उपलब्ध स्रोतसाधन, जनशक्ति र क्षमताको परिचालन गरी जनचाहना र आवश्यकतालाई सम्बोधन गर्ने गरी ल्याइएको बजेट समृद्धि र विकासको लक्ष्य प्राप्तिमा महत्वपूर्ण रहेको उपाध्यक्ष सुवेदीले बताउनुभयो ।

Shares

Be the first to comment on "तामाकोशी गाउँपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*