तामाकोशी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई पीपीइ वितरण

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २२
दोलखाको तामाकोशी गाउँपालिकाले स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री पीपीइ वितरण गरेको छ।
पालिकाले क्वारेन्टाइनमा र आइसोलेसनमा बसेका, कोरोनाको शंका लागेका मानिसको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोनाबाट जोगिन पीपीइ वितरण गरेको हो । ६ वटा स्वास्थ्य संस्थालाई १८ सेट पीपीइ वितरण गरिएको पालिकाले जनाएको छ । जफे स्वास्थ्य चौकी, च्यामा स्वास्थ्य चौकी, झुले स्वास्थ्य चौकी, हावा स्वास्थ्य चौकी, शहरे स्वास्थ्य चौकीमा २- २ सेट पीपीइ वितरण गरिएको अध्यक्ष ईश्वर चन्द्र पोखरेलले बताए ।डडुवा स्वास्थ्य इकाई, दुम्सीझाँङ स्वास्थ्य इकाईलाई १-१ सेट पीपीइ वितरण गरिएको उनले बताए । पालिकाका स्वास्थ्य संस्थामा केहिदिन अघि विभिन्न सामग्रीहरुसहित पीपीइ वितरण सुरू गरेको थियो । पालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले भने” कोरोना संक्रमित व्यक्तिको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पीपीइ उपलब्ध नभएको खण्डमा उपचार सम्भव हुदैन । त्यसैले स्वास्थ्यकर्मीलाई पीपीइ उपलब्ध गराई मनोबल उच्च बनाउन वितरण गरिएको बताए । उनले भने ” पीपीइ गुणस्तर रहेकोले सतप्रतिशत सुरक्षा दिने विश्वास छ ।” स्वास्थ्यकर्मीले शिरदेखि पाउसम्म ढाकिने गरि लगाइने व्यक्तिगग कवचको अभाव भएमा स्वास्थ्यकर्मी नै कोरोनाको शिकार हुनु पर्ने हुन्छ । त्यसैले पीपीइ सेट वितरण गरिएको उनि बताउछन् । साथै स्वास्थ्य चौकी र स्वास्थ्य इकाईमा मास्क, पञ्जा, सेनेटाइजर, स्प्रे मेसिन, गमबुट लगायतका सामग्री वितरण गरिएको स्वास्थ्य संयोजक मिश्रले बताए । अन्य स्वास्थ्य संस्थामा भने आइतबार वितरण गरिने पालिकाले जनाएको छ ।

 

Shares

Be the first to comment on "तामाकोशी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई पीपीइ वितरण"

Leave a comment

Your email address will not be published.


*