तामाकोशीले खाेस्याे निद्रा

इश्वर बिश्वकर्मा
चरिकोट, असार ६
शुक्रबार राती दश बजे तिरको समय । धेरै जना खानपान सकेर सुत्ने तरखरमा थिए । कोही भने निदाइसकेका थिए । तर निदाउन तरखर गर्नेहरु निदाउन सकेनन् । अनि निदाएका आफ्ना–आफन्तलाई निद्रा पुरा हुन दिएनन् । त्यो रात तामाकोशी नदी किनार आसपासका क्षेत्रमा बस्नेहरू कोहीकसैले पनि निदाउन पाएनन् । तामाकोशी नदीमा बाढी आउने सूचना पाएपछि नदी किनारा तथा आसपासका नागरिकहरु सचेत र सतर्क भएर बसेका थिए । त्यो रात दश बजेतिर जिल्ला प्रशासन कार्यालय दोलखाले फेसबुकमा एउटा सूचना जारी गर्यो । अरुबेला यसरी राती राती सूचना जारी गरेको रेकर्ड थिएन । ‘चीनको तिब्बतमा अत्याधिक वर्षाका कारण आएको पहिरोले तामाकोशी नदीको सहायक रोङ्सिया नदी थुनिएको छ । तामाकोशी नदीमा बाढीको सम्भावना रहेकोले सुरक्षित र सजग रहनुहोला।’ यो सूचना थाहा पाएपछि नदी आसपासमा बस्नेहरुकाई चिन्ता र डर पैदा गरायो । रातको समयमा कहाँ जाने, कता जाने स्थिति तनावपुर्ण भयो । उनीहरु ढुक्कसँग निदाउने अवस्था नरहेपछि रातभरी जाग्राम बसे । अँध्यारो हटेर घाम उदायो । दिनमा पनि उनीहरुको डर शान्त भएन । किनकी नदी सामान्य अवस्थामा रहेको थियो । तामाकोशी नदी सामान्य अवस्थामा रहेको तर सहायक रोङ्सिया नदी थुनिएको । यदि थुनिएको नदी एक्कासी बग्न थाली बाढीको रुप लिएमा यसले गर्ने विपत्ति र विनाश अहिलेसम्म कहिल्यै नभएको विनाश हुन्थ्यो । यता दोलखा प्रशासन चिनकाे राेङि्सया नदी थुनिएको जानकारी पाएपछि बाढी अाउने भन्दै क्षति कम गराउनका लागि पूर्व तयारीमा सक्रिय भयो । तामाकोशी नदी किनारका विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन भए । त्यसै गरी तामाकोशी जलविद्युत आयोजनले बाढी डेढ घन्टा सम्म नियन्त्रणमा लिन आयोजनाको जलाशय खाली गर्यो । बाढी डेढघन्टासम्म रोकिँदा सुरक्षित स्थानमा नागरिहरु जान सक्छन् । उता पहिरोले नदी थुनिएपछि चिनियाँ टोली नदी खुलाउन प्रयासमा लागेका थिए । उक्त टोलीको प्रयासपछि जलाशय बनेको नदी बिस्तारै बग्न थाल्यो । तामाकोशी नदी खतरामुक्त हुने आशा पलायो । यद्यपी शनिबारको दिन तनावपुर्ण बित्यो । अनि जब रात पर्यो तब नदी किनारमा बस्नेहरुको निद्रा तामाकोशी नदीले बगायो । जिल्ला प्रशासन कार्यालयले शनिबार राती जारी गरेको सूचना अनुसार चिनियाँ पक्षले आंशिक रुपमा पहिरो हटाई नदीको प्रवाहलाई सुचारु गरिएको छ । तालबाट पहिरोलाई सिमित रुपमा कटान गरी पानीलाई बगाउन सुरु गरिएको छ । हिजो रात परेकाले पूर्ण रुपमा पहिरो हटाउन नसकिएको तर आज बिहानै देखि सो काम सुरु गरिने जानकारी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीले जानकारी दिए । तत्काललाई गम्भिर किसिमको जोखिमको अनुमान नगरिएता पनि उक्त तालको पानी पूर्ण रुपमा खाली नभएसम्म सीमवर्ती क्षेत्र तथा तामाकोशी नदीको किनारामा जोखिम कायमै रहेको छ । हतोत्साहि नभई सजग र सतर्क हुन दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी तिवारीले अनुरोध गरेका छन्।

Shares

Be the first to comment on "तामाकोशीले खाेस्याे निद्रा"

Leave a comment

Your email address will not be published.


*