तामाकोशीको सेयरले तर्सिए ,दोलखाली ग्रिन लाइफमा ६ प्रतिशत मात्र आवेदन

ho/fd k'n ;~rfng b"wsf;Ll:yt ho/fd3f6df lgdf{0f ul/Psf] kSsL k'n k/LIf0fsf nflu laxLaf/ 7"nf 6«sx? cfjthfjt u/fOFb} . z'qmaf/ laxfgb]lv ho/fd k'n ;~rfngdf cfPkl5 vf]6fª ljleGg lhNnf;Fu oftfoft ;~hfndf hf]l8Psf] 5 . tl:a/ M ;f}hGo M k"j{ ;f+;b kfFrs0f{ /fO{, vf]6fª, /f;;

दीक्षण समाचार
चरिकोट, १९ चैत
ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि माघ २२ गते देखि फागुन २७ गतेसम्म निष्काशन गरेको साधारण शेयर (आईपिओ) बाँडफाँड भएको छ । कम्पनीले जारी गरेको १८ लाख कित्ता आईपिओमध्ये ९४५ बढी अवितरित भएको छ । अपर तामाकोसीको सेयर मागे जति नपाएका दोलखालीले अरुमा पनि त्यस्तै होला भनेर आवेदनै गर्न छाडे ।
हाइड्रोपावर कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल (तत्कालिन काठमाडौं क्यापिटल) का अनुसार आईपिओमा एक हजार २१६ जना आवेदकबाट एक लाख तीन हजार ६०० कित्ताका लागि मात्र आवेदन परेको हो ।
कम्पनीले निष्काशन गरेको आइपिओको यो ५.७५५५ प्रतिशत मात्र हो। निष्काशित ९४.२४४ प्रतिशत अर्थात १६ लाख ९६ हजार ४०० कित्ता आईपिओ बिक्री हुन नसकेको हो । ग्रीनलाईफले स्थानीय बासिन्दाका लागि जारी पूँजी एक अर्ब ८० करोडको १० प्रतिशत अर्थात १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।
स्थानीयबाट अवितरित भएको उक्त आईपिओ अब सर्वसाधारणका लागि निष्काशन हुने १८लाख कित्तामा थप भएर निष्काशन हुनेछ ।
आईपिओमा समूह क अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बु बासिन्दाहरुलाई पाँच लाख ४० हजार कित्ता (३० प्रतिशत), समूह ख अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिन्दाका लागि ७ लाख २० हजार (४० प्रतिशत) कित्ता, र समूह ग अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुँगु वडा नं ३ र ४ झ्याँकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता शेयरमा माग आवेदन गरिएको थियो । सो आईपिओमा न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन गर्नसक्ने व्यवस्था थियो ।
ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कूल लागत ६ अर्ब ३९ करोड ३८ लाख अनुमान गरिएको छ । यसअनुसार प्रतिमेगावाट लागत १७ करोड ३३ लाख पर्ने देखिन्छ ।
आयोजनाबाट साधारण लगानी फिर्ता हुन ७.४९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.१६ वर्ष रहेको छ । नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच यस आयोजनाबाट उत्पादन हुने विद्युत २०६८ भदौ १९ गते २०७५ चैत व्यापारिक विद्युत उत्पादन गर्नेगरि खरिद बिक्री सम्झौता भएकोमा २०७४ साउन १ गते पाँचौं संसोधन गरेको छ ।
ग्रीनलाईफ हाइड्रोपावर २०६६ असोज ४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपामा दर्ता भई २०७४ असार ९ गतेदेखि पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको हो ।
कम्पनीले विद्युत विकास विभागबाट वि.सं.२०६८ बैशाखमा विद्युत उत्पादन गर्ने अनुमति पाएको छ। यसअनुसार उक्त अनुमति प्राप्त भएको मितिले ३५ वर्ष अर्थात विं.स. २१०१ बैशाखसम्म कायम रहनेछ ।

Shares

Be the first to comment on "तामाकोशीको सेयरले तर्सिए ,दोलखाली ग्रिन लाइफमा ६ प्रतिशत मात्र आवेदन"

Leave a comment

Your email address will not be published.


*