तामाकाेशी गाउँपालिकामा लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

 चरिकोट, पुस २२ दोलखाको तामाकोशी गाउँपालिकामा ‘राष्ट्र निर्माणको लागि युवाको विचार’ बिषयक जिल्ला स्तरिय लेखन प्रतियोगिताका विजेताहरुलाई मंगलबार पुरस्कार प्रदान गरिएको छ । विजेताहरुलाई तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वर चन्द्र पोखरेलले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा अनामिका घिमिरे प्रथम, सविना फुँयाल द्वितीय, राजन बस्नेत तृतीय र सुनिता अधिकारी सान्त्वना भएका थिए । विजेताहरुलाई क्रमशः १० हजार, ७ हजार ५ हजार र २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने अनामिका घिमिरेले प्रदेश स्तरीय लेखन प्रतियोगितामा सहभागी हुन पाउनेछिन् । गत पुस १३ गते तामाकोशी गाउँपालिका र राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको समन्वयमा युवा प्रतिभा खोजी र प्रोत्साहन कार्यक्रम अन्तर्गत लेखन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा जिल्लाका ८ जनाको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "तामाकाेशी गाउँपालिकामा लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान"

Leave a comment

Your email address will not be published.


*