तस्करले नै गरेका हुन् असई गोविन्द विकको हत्या ?

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-१२ को अस्थायी प्रहरी बिट जुगेडाका इञ्‍चार्ज असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद गए राति ८ बजे मोटरसाइकलमा ड्युटीमा निस्किए । तर उनीहरु फर्किएनन् । सीमा क्षेत्रमा तस्करको समूहका गतिविधी निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरु तस्करकै सिकार बने ।

बिहानसम्म पनि उनीहरु चौकीमा नफर्किएपछि प्रहरीको टोली उनीहरुको खोजीमा निस्कियो । खोजी गर्ने क्रममा सुरुमा उनीहरुले प्रयोग गरेको मोटरसाइकल भेटियो । तर उनीहरु भेटिएनन् । खोजीकै क्रममा मोहना नदीमा एक शव भेटियो । सुदूरपश्चिम प्रदेशका डीआइजी उत्तमराज सुवेदीका अनुसार नदीमा भेटिएको शव प्रहरीकै बर्दीमा थियो ।

यस्तोमा गस्तीमा गएका २ जनामध्ये एकको हत्या भएको प्रहरीले निस्कर्ष निकाल्यो । शव निकालेर हेर्दा असई विककै पुष्टि भयो । प्रहरी अधिकारी साउँदको पनि हत्या भएको हुनसक्ने दाबी गर्छन् ।

डीआइजी सुवेदी तस्करको समूहले नियोजित रुपमा प्रहरीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँछन् । असई विकको शव भेटिएको स्थान नेपाल-भारत सीमा क्षेत्र हो । केही दिनअघि असई विकको टोलीले सोही नाका भएर अवैध रुपमा नेपाल भित्रिँदै गरेको सुर्तीजन्य पदार्थ बरामद गरेको थियो ।

त्यसैले प्रहरीले हत्यामा तस्कर समूहकै संग्लनता हुनसक्ने अनुमान गरेको छ । असई विकको शव फेला परेको छ । उनको घाँटी रेटेको पाइएको छ । उनीसँग भएको हतियार भेटिएको छैन ।

गए राति पनि तस्कर समूहले अवैध सामान तस्करी गर्न गिरोहलाई रोक्‍न खोज्दा प्रहरीमाथि आक्रमण भएको हुनसक्ने बताइएको छ ।

प्रहरी जवान साँउदको मोबाइल र बुट भेटिएको छ । घटनास्थल नजिकै ठूलो उखुबारी पनि छ । जवान साउँद सम्पर्कमा छैनन् । यस्तोमा तस्कर समूहले साँउदमाथि पनि आक्रमण गरेको हुनसक्ने प्रहरी अधिकारीको दाबी छ । घटनामा संग्लन रहेको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-१२ को अस्थायी प्रहरी बिट जुगेडाका इञ्‍चार्ज असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद गए राति ८ बजे मोटरसाइकलमा ड्युटीमा निस्किए । तर उनीहरु फर्किएनन् । सीमा क्षेत्रमा तस्करको समूहका गतिविधी निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरु तस्करकै सिकार बने ।

बिहानसम्म पनि उनीहरु चौकीमा नफर्किएपछि प्रहरीको टोली उनीहरुको खोजीमा निस्कियो । खोजी गर्ने क्रममा सुरुमा उनीहरुले प्रयोग गरेको मोटरसाइकल भेटियो । तर उनीहरु भेटिएनन् । खोजीकै क्रममा मोहना नदीमा एक शव भेटियो । सुदूरपश्चिम प्रदेशका डीआइजी उत्तमराज सुवेदीका अनुसार नदीमा भेटिएको शव प्रहरीकै बर्दीमा थियो ।

यस्तोमा गस्तीमा गएका २ जनामध्ये एकको हत्या भएको प्रहरीले निस्कर्ष निकाल्यो । शव निकालेर हेर्दा असई विककै पुष्टि भयो । प्रहरी अधिकारी साउँदको पनि हत्या भएको हुनसक्ने दाबी गर्छन् ।

डीआइजी सुवेदी तस्करको समूहले नियोजित रुपमा प्रहरीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँछन् । असई विकको शव भेटिएको स्थान नेपाल-भारत सीमा क्षेत्र हो । केही दिनअघि असई विकको टोलीले सोही नाका भएर अवैध रुपमा नेपाल भित्रिँदै गरेको सुर्तीजन्य पदार्थ बरामद गरेको थियो । त्यसैले प्रहरीले हत्यामा तस्कर समूहकै संग्लनता हुनसक्ने अनुमान गरेको छ । असई विकको शव फेला परेको छ । उनको घाँटी रेटेको पाइएको छ । उनीसँग भएको हतियार भेटिएको छैन । गए राति पनि तस्कर समूहले अवैध सामान तस्करी गर्न गिरोहलाई रोक्‍न खोज्दा प्रहरीमाथि आक्रमण भएको हुनसक्ने बताइएको छ ।

प्रहरी जवान साँउदको मोबाइल र बुट भेटिएको छ । घटनास्थल नजिकै ठूलो उखुबारी पनि छ । जवान साउँद सम्पर्कमा छैनन् । यस्तोमा तस्कर समूहले साँउदमाथि पनि आक्रमण गरेको हुनसक्ने प्रहरी अधिकारीको दाबी छ । घटनामा संग्लन रहेको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।

Shares

Be the first to comment on "तस्करले नै गरेका हुन् असई गोविन्द विकको हत्या ?"

Leave a comment

Your email address will not be published.


*