तरुणदलले बुझायो ज्ञापन पत्र

चरिकोट । स्थानीय तहको कामप्रति असन्तुष्ट जनाउदै नेपाली काग्रेसको भात्रि संगठन तरुणदल दोलखाले सोमबार दोलखाको स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । एक वर्ष बितिसक्दा पनि जनप्रतिनिधिको कार्य सम्पादन राम्रो नभएको भन्दै सो संगठन स्थानीय तहमा ध्यानआर्षण गराएको हो । स्थानीय तहलाई सुसासन कायम गराई भरपर्दो सेवा प्रवाह गराउने उद्देश्यका साथ उक्त कार्यक्रम गरेको तरुणदल दोलखाका अध्यक्ष दावासांगे शेर्पाले जानकारी दिए। स्थानीय तहको कार्यसम्पादन नागरिक मैत्री नरहेकाले पहिलो चरणमा जनप्रतिनिधिहरुलाई सचेत गराउन १ घण्टे धर्ना सहितको कार्यलय घेराउ र ज्ञापन पत्र बुझाउने कार्यक्रम गरेको शेर्पाल बताए । ज्ञापनपत्रमा राष्ट्रिय महत्वका आयोजनाहरु लामोसाँघु चरिकोट सडक, मुडेमेलुङ सडक र केही जलविद्युत आयोजनाहरुलाई व्यवस्थापन गर्नुको साटो उल्टै दोहन गरेकोे ज्ञापन पत्रमा उल्लेख गरिएको छ । एक वर्षसम्म जिल्लाको विकास निर्माण अस्त ब्यस्त भएको तथा जनप्रतिनिधि आफैं हेबि इक्यिुपमेन्ट प्रयोग गरेर प्राकृतिक स्रोतको दोहनमा लागेको जनाइएको छ । तोकिएको समयअवधिसम्म उल्लेखित विकास बजेट खर्च गर्न नसकेको, ऐन कानुन विपरित ब्यक्तिगत स्वार्थमा स्थानीय तह सञ्चालन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । स्थानीय तहहरुमा घेराउ सहितको धर्ना र ज्ञापन पत्र बुझाउने कार्यक्रममा उपाध्यक्ष चित्र कुमार तामाङको नेतृत्वमा तामाकोसी गाउँपालिका,अर्का उपाध्यक्ष गणेश विक्रम शाहीको नेतृत्वमा शैलुङ गाउँपालिका, उपाध्यक्ष विदुर कार्कीको नेतृत्वमा विगु गाउँपालिका, त्यसैगरी उपसचिब विकास खड्काको नेतृत्वमा कालिञ्चोक गाउँपालिका, सचिब देबेन्द्र अर्यालको नेतृत्वमा जिरी नगरपालिका, अर्का सचिव चित्र प्रसाद दाहालको नेतृत्वमा मेलुङ गाउँ पालिका, क्षेत्रीय सभापति ङावा शेर्पाको नेतृत्वमा गौरीशंकर गाउँपालिका र प्रेम ढुंगेलको नेतृत्वमा बैत्यश्वर गाउँपालिकामा धर्ना तथा ज्ञापनपत्र बुझाएको तरुण दल दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "तरुणदलले बुझायो ज्ञापन पत्र"

Leave a comment

Your email address will not be published.


*