तरकारी खेतीबाट लाखौँको आम्दानी

चरिकोट (दीस)ः पहिले बिभिन्न पेशा गर्दा पनि घर चलाउन कठिन भएको बताउने भीमेश्वर नगरपालिका वडा नं. ७ कि ५५ वर्षीय कल्पना राउतको जीवन बदलिएको छ । व्यवसायिक रुपमा तरकारी खेती सुरु गरेपछि उहाँको जीवन नै फेरिएको हो । केहि समय अगाडि चरिकोटमा रहेको हाम्रो जनकल्याण सहकारीबाट १० हजार रुपैयाँ ऋण लिएर व्यवसाय सञ्चालन गर्दै आउनु भएकी कल्पनाको बारीमा १२ महिना नै तरकारी हुने गरेको छ। उहाँले ९ रोपनि जग्गामा तरकारी लगाउँनु भएको छ । एक सिजनमा मात्र (तीन महिना) ५ लाख सम्म आम्दानी हुने गरेको उहाँ बताउनहुन्छ । राउतले तरकारी खेतीको आम्दानीबाट नै २ जना छोराहरुलाई अष्टे«लिया पठाउनु भएको छ । यही तरकारी खेतीको आम्दानीले आफ्ना छोरालाई विदेशमा अध्ययनको लागि पठाउन सहयोग पुगेको उहाँको भनाई छ । हाल उहाँका ४ सन्तान मध्ये २ जना छोरा अध्ययनका लागि अस्टे«लिया हुनुहुन्छ ।भने, एक जना छोराले वुबा आमा कै पेशालाई निरन्तरता दिनुभएको छ ।उहाँ भन्नुहुन्छ” तरकारी व्यवसाय गर्न सुलभ ऋण पाए ,त्यसैले गर्दा आज छोराहरुले राम्रो शिक्षा पाएका छन् । ,त्यसैलै मलाई अहिले तरकारी बारी नै प्यारो लाग्छ।”यस क्षेत्रको साग,काउली,आलु ,धनिया ,बन्दा जस्ता तरकारी अन्य जिल्लाको रोजाईमा पर्ने गरेको छ ।पहिले बजारको समस्या हुँदा त्यहाँ उत्पादित तरकारी बारीमा नै कुहिने गर्दथे ।तर,उहाँ भन्नुहुन्छ  । “अहिले तरकारी लिन राजधानी काठमाडौँदेखि व्यापारी बारीमा नै आउँछन्, ” अहिले हामीले धेरै तरकारी उत्पादन गरे पनि बजारको समस्या छैन । दोलखा आसपासका जिल्लाका मानिसले उहाँको बारीमा नै पुगेर तरकारी लाने गरेको उहाँ बताउनुहुन्छ ।त्यस्तै तरकारी व्यवसायले नै जीवन फेरिएका अर्का किसान कृष्ण तामाङ पहिला राजधानीमा विभिन्न ज्याला मजदुरी गरेर जीवनयानपन गर्दै आउनु भएको थियो । त्यसैगरी सोही वडाका अर्का किसान कृष्ण तामाङले तरकारी खेतीबाट राम्रो आम्दानी गर्नु भएको छ । ४६ बर्षिय तामाङको बारीमा लगाएको सागले धेरै आम्दानी दिने गरेको छ । उहाँको बारीमा उत्पादन हुने सागको माग बाहिरी जिल्लामा धेरै रहेको छ  । पाँच रोपनी जग्गामा लगाएको सागबाट एक सिजनबाट मात्र पाँच लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनु हुन्छ  । उहाँले बारीमा बर्षेनी साग , काउली , आलु जस्तै बजारमा माग हुने खालका नगदे तरकारी खेती गर्दै आउनु भएको छ ।तामाङले राजधानीमा आफ्नो दैनिकी चलाउन ज्याला मजदुरी ,पेन्टको काम देखि अन्य बिभिन्न पेशा गर्नु भयो । तर,१० बर्ष राजधानीमा बस्दा उहाँलाई जीवन धान्न मुस्किल भएपछि गाउँमा नै फर्किएर तरकारी खेती गर्ने सोच बनाएर गाउँ फर्किनु भएको थियो । गाउँमा आएपछि तामाङले कृषि क्षेत्रलाई सुद्दिृढ र प्रोत्साहन गर्ने उदेश्यका साथ हाम्रो जनकल्याण सहकारी संस्थाले विभिन्न योजना ल्याउन थालेको थाहा पाएपछि हाम्रो जनकल्याण साकोसबाट ऋण लिएर तरकारी खेती सुरु गर्नु भएको थियो  । अहिले त्यही तरकारी खेतीको आम्दानीबाट उहाँले पक्कि घर बनाउनु भएको छ । “तरकारी खेतीबाट बार्षिक पाँच दखि १० लाख कमाँउछु , जनकल्याण साकोसले सुलभ मूल्यमा ऋण दिएका कारण आफु यो अबस्थामा आइपुगेको र स्वदेशमा नै बसेर राम्रो जीवन चलेकाले म सन्तुष्ट छु ।”तामाङले भन्नुभयो । “ तरकारी खेती आम्दानीबाट तामाङले २.५ रोपनी जग्गा पनि किन्न सफल भएको र पैसाकै लागि बिदेशी भूमिमा पसिना बगाउनु भन्दा आफ्नै देशमा केहि गरे प्रसस्तै अबसरहरु रहेको उहाँ बताउनुहुन्छ । १० बर्ष राजधानी बस्दाको दुख सम्झ्दै तामाङले भन्नु भयो , “सुरुमा तरकारी खेती गर्न ,पछि जग्गा किन्न र घर बनाउन साकोसले ऋण दिएर ठुलो गुण लगाएको छ । ”अब आफुले सकुन्जेल यहि पेशालाई नै निरन्तरता दिने तामाङको सोच रहेको छ ।
यहाँका कृषकहरुको मुल पेशा भनेको तरकारी खेती हो। तरकारी खेतीबाट यहाँका स्थानीयले मासिक लाखौं रुपैयाँ कमाउने गरेको स्थानीयहरुको भनाई रहेको छ । यहाँका किसानले व्यवसायिक खेतीबाट राम्रो आम्दानी गरेपछि विदेशमा रोजगारी गर्न जानेहरुको संख्या न्यून रहेको स्थानीयहरु बताँछन् । यो क्षेत्रबाट बर्षेनी १० करोड रुपैयाँ भन्दा बढीको तरकारी निर्यात हुने जानकारहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "तरकारी खेतीबाट लाखौँको आम्दानी"

Leave a comment

Your email address will not be published.


*